News Portal

  • अस्वस्थ क्षेत्रीलाई आफ्नो भन्दा देशकै चिन्ता

    मदन ढुंगाना / भक्तपुर पोस्ट चागुनारायण, ९ पुस २०८०
    १७८ पटक
    चागुनारायण, ९ पुस २०८०

    भक्तपुरमा इमान्दार बामपन्थी नेताको परिचय बनाएका हरि क्षेत्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न नेकपा(माओवादी केन्द्र) का नेताहरु उनको निजी निवास पुगेका छन् । ताथलीस्थित क्षेत्रीको निवासमा पुगी उनीहरुले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

    नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य डिपी ढकालको नेतृत्वमा जिल्ला र नगरका नेताहरु आएर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदा नेता क्षेत्री भावुक बनेका थिए । उनले आफ्नो स्वास्थ्यको समस्या भन्दा देशको राजनीतिक अवस्था बारे चिन्ता ब्यक्त गरे । बिदेशीने युवाहरूलाई देशमै रोक्न र भुइँ मान्छेहरुको मुहारमा खुशी ल्याउन सरकारले विशेष योजना ल्याउनुपर्ने उनले आवश्यकता औल्याए ।

    बागमती प्रदेश सरकारको मुख्य मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका नेता डिपी ढकाललाई सम्बोधन गर्दै उनले जनताको समस्या सरकारलाई सुनाइदिन र राहतका कार्यक्रम ल्याउन आग्रह समेत गरेका छन् ।

    उक्त अवसरमा नेता ढकालले पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका जनपक्षीय प्रयासहरु बारे जानकारी गराउदै भक्तपुरमा गरिएका कामबारे बताए । नेता क्षेत्रीको उपचारमा आवश्यक परे भक्तपुरको सिङ्गो पार्टी र बागमती प्रदेश सरकार पनि सहयोगका लागि तत्पर रहेको उनले अवगत गराए । नेता क्षेत्रीको स्वास्थ्य लाभको कामना गर्न बागमती प्रदेश सभाकी सदस्य भुवनकेशरी श्रेष्ठ भावना, नेकपा(माओवादी केन्द्र) का जिल्ला संयोजक सुनिल गोठे, सहिद परिवार समेत रहेका पार्टीका स्थानीय नेता शिव अधिकारी, नगर इन्चार्ज रामभक्त खत्री, अध्यक्ष नरेश खड्का लगायतका माओवादी नेताहरु ताथली पुगेका थिए ।

    उनी केहि महिना देखि प्यारालाइसिसको समस्याले ग्रसित रहेका र पछिल्लो समय स्वास्थ्यमा क्रमिक सुधार भैरहेको उनका भाइ सहदेव क्षेत्रीले जानकारी गराएका छन् । नेकपा (एमाले) मा राजनीति गरेका क्षेत्री नेकपा माले, माओवादी हुदै बिप्लव नेतृत्वको नेकपामा पुगी निष्क्रिय रहेका छन् । माओवादी जनयुद्धमा उल्लेखनीय योगदान गरेका उनी साम्यवादका कट्टर पक्षपाती हुन् ।

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...