News Portal

  • भक्तपुरमा चानपा ८ बाट माओवादी केन्द्रको वडा सम्मेलन शुरु, सबै वडामा सम्मेलनको तयारी

    मदन ढुंगाना चाँगुनारायण, १० पुस २०८०
    ७७१ पटक
    चाँगुनारायण, १० पुस २०८०

    जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत नेकपा (माओवादी केन्द्र)ले देशभर वडा सम्मेलन गर्न निर्देशन दिएबमोजिम भक्तपुरमा पनि वडा सम्मेलन गर्न शुरु भएको छ । भक्तपुरमा चाँगुनारायण नगरपालिकाको वडा नम्बर ८ बाट माओवादी केन्द्रले वडा सम्मेलन गर्न शुरु गरेको हो ।

    भक्तपुरमा चाँगुनारायण नगरपालिकाको वडा नम्बर ८ बाट वडा सम्मेलनको खाता खुलेको खुलेको नेकपा(माओवादी केन्द्र) का जिल्ला संयोजक सुनिल गोठे बासुले बताएका हुन् । ४ वटा स्थानीय तहका ३८ वटै वडामा वडा सम्मेलन सम्पन्न गर्ने लक्ष रहेको समेत उनले स्पष्ट पारेका छन् ।

    वडा सम्मेलनका लागि कम्तिमा ३ वटा टोल कमिटि गठन गरिएको हुनुपर्ने मापदण्ड रहेको उनले जानकारी गराए । तोकिएको टोल समिति गठन नगरिए वडा सम्मेलनले मान्यता नपाउने प्रदेश समितिले प्रावधान राखेको बताइएको छ । वडा सम्मेलनलाई वडामा नयाँ कार्यसमिति चयन गर्ने म्यान्डेट दिईएको प्रदेश सदस्य युवराज आचार्यले जनाएका छन् । प्रदेश समितिले आचार्य र डिल्लीप्रसाद थपलियालाई चाँगुनारायण नगरमा अभुयानको कमाण्ड दिएको छ भने केन्द्रको तर्फबाट केन्द्रीय सदस्य अमृता नेपालले जिम्मेवारी पाएकी छन् ।

    सोमबार सम्पन्न चाँगुनाराय ८ को वडा सम्मेलनको उद्घाटन भने चाँगुनारायण क्षेत्रका स्थानीय समेत रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य डिपी ढकालले गरेका थिए । चाँगुनारायण ८ ले जनयुद्धमा बलिदानी गरेको स्मरण गर्दै उनले माओवादीका नेता कार्यकर्तामा जनयुद्धको जस्तै समाज प्रति समर्पण हुनुपर्नेमा जोड दिए ।

    चाँगुनारायण ८ मा बजेटको बाढी ल्याएको बताउदै बागमती प्रदेश सरकारको मुख्य मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका नेता ढकालले भने, ” बिकास निर्माणका ३८ वडा योजना त चाँगुनारायण ८ मा मात्रै पारिएको छ ।”

    उनले काम गर्ने बेलामा सबैले माओवादी केन्द्रलाई सम्झने तर चुनावको बेला भने बिर्सने गरेका गुनासो गरे । खेत जोत्नेलाई ज्याला दिनुपर्नेमा जनताले गफ जोत्नेलाई ज्याला दिइरहेका दावी गर्दै उनले काम गर्ने आफूहरु चुनाव जित्ने अरुहरु भैरहेको बताए ।

    जनतालाई माओवादी केन्द्रले गरेका कामको प्रचार हुन नसक्दा गफाडीहरुले कामको जस लिएका जिकिर गर्दै उनले आफ्ना नेता र पार्टीले गरेका कामबारेस्थानीय लाई सुसूचित गर्ने दायित्व स्थानीय पार्टी पन्ग्तिले लिनुपर्ने आवश्यता औल्याए ।

    संघीयता फाल्न पाए माओवादी लाई कमजोर पार्न पाइन्छ कि भन्ने दुरासयाले संघीयता र गणतन्त्रबारे बजारमा भ्रम फ़ैलाइएको बताउदै नेता ढकालले त्यसको प्रतिरोध गर्न निर्देशन समेत दिए । गणतन्त्र र संघीयताले देशमा भएका बिकासको तथ्यांक पेश गर्दै उनले प्रशासनिक खर्च पनि संघीयताले बढाएको नभई घटाएको हिसाब प्रस्तुत गरेका थिए ।

    सम्मेलनले मदन श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको नगर अध्यक्ष नरेश खड्काले जानकारी गराए । अध्यक्ष खड्काका अनुसार उपाध्यक्षमा बेदप्रसाद अधिकारी सचिवमा नवराज तिमल्सिना सह सचिवमा गौतम श्रेष्ठ र कोषाध्यक्षमा दीपा लामिछाने निर्वाचित भएका छन् । सिंगो कार्यसमिति नै सर्वसम्मत निर्वाचित भएको संयोजक खड्काले जनाएका छन् ।

    उक्त अवसरमा बागमती प्रदेश सांसद भुवनकेशरी श्रेष्ठ भावना, पार्टीका नगर इन्चार्ज रामभक्त खत्री, सह इन्चार्ज रामलाल नेम्हाफुकी, उपाध्यक्षद्वय सुमन दाहाल र बिनोद लामिछाने त्यसतैगरी शहिदका बुवा एवं पार्टीका नेता शिव अधिकारी स्थानीय नेता राजेन्द्र तिमल्सिना लगायतको समेत सहभागिता रहेको स्थानीय नेत्री चण्डिका पाण्डेले बताएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...