News Portal

  • सल्लाघारीस्थित थापा निवासमा उपप्रधान एवं रक्षा मन्त्री खड्का

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १ माघ २०८०
    ३२२ पटक
    भक्तपुर, १ माघ २०८०

    भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाको स्वास्थ्य अवस्था बारे बुझ्न सरकारका उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्का थापा निवास पुगेका छन् । सोमबार सांसद थापाको सल्लाघारीस्थित निजी निवासमा पुगी उपप्रधान एवं रक्षा मन्त्री खड्काले स्वास्थ्य अवस्थाबारे जानकारी लिंदै पुर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।

    उक्त अवसरमा सांसद थापा र उपप्रधान एवं रक्षा मन्त्री खड्काबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ । नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका सांसद थापाले आफ्नो पार्टीको उपसभापति समेत रहेका उपप्रधान एवं रक्षा मन्त्री खड्कालाई सरकारले जनतालाई प्रत्यक्ष राहत पुग्नेगरी प्रभावकारी काम गर्न सुझाव समेत दिएका उनका स्वकीय सचिव सुभाषिस ढकालले जनाएका छन् ।

    नेपाली काँग्रेसका उप सभापति समेत रहेका उपप्रधान एवं रक्षा मन्त्री खड्काले राष्ट्रिय सभामा गठबन्धनको उम्मेदवार जिताउन भक्तपुरको कमाण्ड सम्हाल्न सांसद थापालाई निर्देशन समेत दिएका उनका स्वकीय सचिव ढकालले जानकारी गराए । त्यस क्रममा सांसद थापाले भक्तपुरको बिकास निर्माणमा साथ् दिन सरकारको ध्यानाकर्षण समेत गराएका बताइएको छ ।

    उक्त अवसरमा नेपाली काँग्रेस भक्तपुरका नेताहरु र सांसद थापाको परिवारका सदस्यहरु उपस्थित रहेका थिए । सांसद थापा मेरुदण्ड र नसा सम्बधित रोग AVN Pelvis को उपचार पछि घरमै रही स्वास्थ्य लाभ गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...