News Portal

  • भक्तपुर बचतमा पावर प्वाइन्ट तालिम

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ५ माघ २०८०
    २१२ पटक
    bhaktapur bachatभक्तपुर, ५ माघ २०८०

    भक्तपुर नगरस्थित भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले पावर प्वाइन्ट तालिम सुरु गरेको छ । शुक्रवारदेखि तीन दिने तालिम शुरु भएको हो ।

    सूचना प्रविधिको सही प्रयोग गरी व्यक्तित्व विकास गर्न र संस्थाका सदस्यहरुलाई विषय बस्तुको प्रभावकारी विनिमय गर्न तालिम शुरु गरिएको संस्थाले जनाएको छ ।शुक्रवार तालिम शुभारम्भको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष निर्मल प्रजापतिले संस्थाको हरेक सूचनालाई सदस्यहरुमाझ खुलस्त रुपमा बुझाउन सकेमात्र संस्थाप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुने भएकाले यस तालिमले प्रविधिसँगै सक्षम व्यवस्थापकीय एवं प्रशासनिक नेतृत्व तयार हुने बिश्वास व्यक्त गरे ।

    उपसमितिका संयोजक कृष्णश्वरी दुवालले सिक्ने र सिकाउने कार्यमा यस तालिमले मद्दत गर्ने बताउदै प्रविधि र सूचनाको बिकास संगै त्यसलाई उपयोग गर्दै अघि बढ्नुको बिकल्प नभएको उनले बताइन ।

    संस्थाका बिभिन्न समिति, उपसमितिका सदस्यहरु र कर्मचारीहरु तालिममा सहभागी रहेका बताइएको छ । प्रशिक्षकद्वय जित बहादुर देउजा र श्रवण श्रेष्ठले तालिम दिने सूचना तथा प्रकाशन उपसमिति सदस्य विमला कुसीले जानकारी गराएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...