News Portal

  • आफ्नै भवन बनाउँदै नेपाली काँग्रेस भक्तपुर, २० लाख सहयोग गर्ने युवा नेता राणाको घोषणा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १० माघ २०८०
    ३१८ पटक
    भक्तपुर, १० माघ २०८०

    नेपाली कांग्रेस भक्तपुरका युवा नेता रवि राणाले जिल्ला पार्टीको भवन निर्माणका लागि २० लाख रुपैंया सहयोग गर्ने घोषणा गरेका छन् । जिल्ला समितिको २७ औं बैठकमा नेता राणाले सो घोषणा गरेका हुन् ।

    जिल्लामा पार्टीको आफ्नै भवन निर्माण गर्ने जिल्ला सभापति एवम् प्रतिनिधि सभा सदस्य दुर्लभ थापाको संकल्पमा साथ, सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दै युवा नेता राणाले रु २० लाख सहयोग गर्ने घोषणा गरेका प्रचार विभागका रमेश खड्काले जानकारी गराए । सहयोग घोषणाले अरु नेता कार्यकर्तालाई पार्टीको भवन निर्माणमा सहयोग गर्न प्रोत्साहन मिल्ने राणाले बिश्वास व्यक्त गरेका छन् । भवन निर्माणसँगै कांग्रेसको पार्टी गतिविधि बढ्ने र यसले पार्टीप्रति थप आकर्षण बढाउने उनको भनाइ छ ।

    हालसम्म भाडामा बस्दै आएको पार्टी कार्यालयको आफ्नै भवन बनाउन नेपाली कांग्रेस भक्तपुरले केही महिना अघि मात्रै सल्लाघारीमा जग्गा खरिद गरेको र माघ १६ गते सहिद दिवसको अवसर पारेर पार्टी कार्यालय भवन सिलान्यास गरिने पार्टी सभापति दुर्लभ थापाले जानकारी गराएका छन् । ३ तले पार्टी कार्यालय भवन निर्माणका लागि पार्टीका सबै नेता कार्यकर्ताले तन मन र धनले सहयोग गर्ने उनले बिश्वास व्यक्त गरेका छन् । सभापति थापाले युवा नेता राणाले पार्टी कार्यालय भवन निर्माणमा सहयोग गर्ने घोषणा गरेर थप हौसला प्रदान गरेका प्रतिक्रिया दिए ।

    युवा नेता रवि राणा नेपाली कांग्रेसको सूर्यविनायक नगर कार्य समितिका पूर्व उपसभापति एवं १४ अौं महाधिबेशनमा नगर सभापतिका प्रत्यासी रहेका थिए । आन्तरिक निर्वाचनमा पराजय भोगेपनि पार्टी सभापति दुर्लभ थापालाई प्रतिनिधि सभा सदस्यको निर्वाचनमा निर्वाचित गर्न उनले ससक्त भूमिका निर्वाह गरेका थिए । उनी बरिष्ठ पत्रकार कविर राणाका भाइ हुन् ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...