News Portal

  • बैबाहिक अवसरमा पटाका पड्काउदा भक्तपुरमा आगलागीको जोखिम

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ माघ २०८०
    १५५९ पटक
     भक्तपुर, १८ माघ २०८०

    बिस्फोटक पदार्थको खरिदबिक्रीमा बन्देज रहेपनि पछिल्लो समय बिबाहको अवसरमा पटाका र आतसबाजीको प्रयोग बढेको छ । बिबाहका अवसरमा पड्काइने पटाका र आतसबाजीका कारण भक्तपुरमा आगलागीको जोखिम समेत बढेको गुनासो बढ्दै गएको छ ।                                                                                                   बुधवार भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले सामाजिक संजालबाटै यस्तो जोखिमबारे सार्वजनिक मात्र गरेनन्, क्षणिक रमाइलोको नाममा कसैको घर जल्ने र विश्व सम्पदा नष्ट हुने खतरा स्वीकार्य नहुने चेतावनी समेत दिएका छन् ।                                                                                                               श्रोतका अनुसार बुधवार दत्तात्रय क्षेत्रमा जन्ती पक्षले पटाका पड्काउदा नजिकैको परालको थुप्रोमा आगो लागेपछि वडाध्यक्ष आक्रोशित भएका हुन् । स्थानीयले समयमै आगो निभाउन सकेका कारण सम्भावित ठुलो क्षती टरेको बताइएको छ । रमाइलोका लागि पड्काइएको पटाकाले बुधवार केहीबेर दत्तात्रय क्षेत्र तनावग्रस्त बन्न पुगेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...