बिस्फोटक पदार्थको खरिदबिक्रीमा बन्देज रहेपनि पछिल्लो समय बिबाहको अवसरमा पटाका र आतसबाजीको प्रयोग बढेको छ । बिबाहका अवसरमा पड्काइने पटाका र आतसबाजीका कारण भक्तपुरमा आगलागीको जोखिम समेत बढेको गुनासो बढ्दै गएको छ । बुधवार भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले सामाजिक संजालबाटै यस्तो जोखिमबारे सार्वजनिक मात्र गरेनन्, क्षणिक रमाइलोको नाममा कसैको घर जल्ने र विश्व सम्पदा नष्ट हुने खतरा स्वीकार्य नहुने चेतावनी समेत दिएका छन् । श्रोतका अनुसार बुधवार दत्तात्रय क्षेत्रमा जन्ती पक्षले पटाका पड्काउदा नजिकैको परालको थुप्रोमा आगो लागेपछि वडाध्यक्ष आक्रोशित भएका हुन् । स्थानीयले समयमै आगो निभाउन सकेका कारण सम्भावित ठुलो क्षती टरेको बताइएको छ । रमाइलोका लागि पड्काइएको पटाकाले बुधवार केहीबेर दत्तात्रय क्षेत्र तनावग्रस्त बन्न पुगेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।
बैबाहिक अवसरमा पटाका पड्काउदा भक्तपुरमा आगलागीको जोखिम
भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ माघ २०८०
भक्तपुर, १८ माघ २०८०हाजिरीजवाफ प्रतियोगितामा मदरल्याण्ड प्रथम
नेसनल प्याब्सन भक्तपुर अन्तर्गत अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । सिरिन केन स्कुलको...
जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता गर्दै राष्ट्रको लागि दुई घन्टा अभियान
राष्ट्रको लागि दुई घन्टा अभियानले भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ...
दिब्यश्वरी प्लानिङको दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको निधन
भक्तपुरको मध्यपुर थिमि-२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ...
नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ
त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका...
वातावरण विद खनाललाई पितृशोक
बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...
- प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति
- ढुंगानाको अध्यक्षतामा प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति
- भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान
- शनिबार भक्तपुरको सूर्यमढीमा नि:शुल्क दन्त शिविर संचालन हुने
- सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त
- भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प
- निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष
- समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्
- जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड
- ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई