News Portal

  • सैनिक विद्यालयकी कर्मचारी सन्तोषीको सडक दुर्घटनामा निधन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ माघ २०८०
    ६५७५ पटक
     भक्तपुर, २१ माघ २०८०

    भक्तपुरको सल्लाघारीस्थित सैनिक विद्यालयकी प्रशासनिक कर्मचारी सन्तोषी हमाल खड्काको असामयिक निधन भएको छ । आइतबार सडक दुर्घटनामा परी उनको असामयिक निधन भएको हो ।

    आइतबार बिहान चक्रपथ स्थित घरबाट विद्यालय तर्फ आउदै गर्दा उनी सवार स्कुटर काठमाडौको तीनकुनेमा दुर्घटना भएको थियो । स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते सन्तोषीलाई उपचारको लागि मिनभवनस्थित निजामती अस्पताल पुर्याइएको भएपनि सम्बन्धित चिकित्सकले मृत घोषित गरिदिएका थिए । ४५ वर्षको अल्पायुमै ज्यान गुमाएकी सन्तोषीको पार्थिव शरीरलाई पशुपतिको आर्यघाट पुर्याइ साँझ अन्त्येष्टि गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

    सर्लाहीको मुर्तिया सेवा समाजकी संस्थापक सन्तोषी सामाजिक सेवामा समेत सक्रिय रहेकी थिइन् । उनका श्रीमान, १ छोरा र १ छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...