News Portal

  • डिपी ढकालबाट नगरकोट जालपादेवी सडक स्तरोन्नतिको शुभारम्भ

    आकाश गजुरेलचाँगुनारायण, २५ माघ २०८०
    २९९ पटक
    चाँगुनारायण, २५ माघ २०८०

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ स्थित नगरकोट जालपादेवी सडक स्तरोन्नति अन्तर्गत सडक ढलान कार्यको शुभारम्भ भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका चाँगुनारायण क्षेत्रका बौद्धिक नेता डिपी ढकालले बिहीवार बिहान भूमि पूजन गरेसंगै ढलान कार्यको शुभारम्भ भएको हो ।

    यस सडकलाई स्तरोन्नतिका लागि बागमती प्रदेश सरकारले रु २५ लाख बिनियोजन गरेको वडाध्यक्ष धनबहादुर लामाले जनाएका छन् । बिकासको पूर्वाधार नै सडक भएको भन्दै वडाध्यक्ष लामाले बजेटका लागि प्रदेश सरकार र पहलकर्ता नेता ढकाललाई धन्यवाद ज्ञापन गरेका छन् ।

    अभियन्ता दिनेश खनालले बौद्धिक नेता डिपी ढकाल बागमती प्रदेश सरकारको राज्यमन्त्री सरहको पदमा नियुक्त भई मुख्यमन्त्री शालिकराम जमकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार हुँदा प्रदेश सरकारमा चाँगुनारायणको पहुँच वृद्धि भएको बताएका छन् । भिजन भएका नेता ढकालका कारण यो क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा परेको उनले बताए ।

    त्यस्तै निर्माण व्यवसायी सन्दीप राज गिरीले निर्माण कार्यमा कुनै कमजोरी नगर्ने प्रतिवद्धता प्रकट गर्दै ढलान कार्यलाई व्यवस्थित रुपले सम्पन्न गर्ने बताएका छन् ।

    उक्त अवसरमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका नेता ढकालले आफूले चाँगुनारायणको बिकास र सम्वृद्धिको लागि कुनै कसर बाँकी नराख्ने बताए । भौतिक बिकाससंगै आर्थिक सम्वृद्धि जोडिएको जिकिर गर्दै उनले सडकले सुविधा दिने मात्र नभई कृषी र पर्यटनलाई पनि मद्दत गर्ने स्पष्ट पारे । चाँगुनारायणमा भौतिक पूर्वाधारको क्षेत्रमा प्रदेश सरकारले ब्यापक बजेट बिनियोजन गरी काम भैरहेको उनको भनाइ छ । त्यस्तै, बागमती प्रदेश भरी ४ वटा खोलामा करिडोर बनाउने योजना पर्दा चाँगुनारायणकै तीन वटा खोलामा करिडोर बनाउने योजना परेको उनले खुलासा गरे । चाँगुनारायणलाई पर्यटकीय गन्तव्यस्थल बनाउने देखि औद्योगिक ग्राम स्थापना गर्ने सम्मको योजना बागमती प्रदेश सरकारले अघि बढाएको उनले बताए ।

    अर्थराजनीतिका ज्ञाता समेत रहेका नेता ढकालले चाँगुनारायण फास्ट ट्रयाकलाई २० करोड श्रोत सुनिश्चित गरीएको जानकारी गराउदै   चाँगुनारायणबासीको आय आर्जन बढाउँन सामुहिक पहल र एकतामा दीगो आर्थिक लक्ष पछ्याउनुपर्ने आवश्यकता समेत औल्याएका छन् ।

    कार्यक्रममा जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु र स्थानीयहरुको सहभागिता रहेको थियो । उक्त अवसरमा नगरकोट बेसिटोल – सुनटोल पूल बनाउने विषयमा स्थलगत निरीक्षण समेत गरिएको बिनोद लामिछानेले बताए ।

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...