News Portal

  • यस्तो बन्यो भक्तपुरको गौरवको योजना : २५ गते उद्घाटन

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २० फागुन २०८०
    २९९ पटक
    bhajya pukhu bhaktapurभक्तपुर, २० फागुन २०८०

    १२ औं शताब्दीमा बनेको भक्तपुरको भाज्या पोखरीको पुनर्निर्माण सम्पन्न गरिएको छ । लोप हुने अवस्थामा रहेको पोखरीलाई भक्तपुर नगरपालिकाले पुनर्जीवन दिएको हो ।

    भक्तपुर नगरपालिका वडा नम्बर-१ दुधपाटीस्थित भक्तपुर क्याम्पससंगै जोडिएको भाज्या पुखु(भाज्या पोखरी) पुनर्निर्माणको काम सम्पन्न भएको वडासदस्य सूर्यप्रसाद श्रेष्ठले जनाएका छन् । लक्ष्मीनारायण खत्रीको अध्यक्षतामा रहेको उपभोक्ता समितिले करिब ३ करोड लागतमा पुनर्निर्माण कार्य सम्पन्न गरेको वडा सदस्य श्रेष्ठले जनाएका हुन् ।

    फागुन २५ गते शिवरात्रीको दिन यसको उद्घाटन गर्ने तयारी रहेको वडा नम्बर १ का वडाध्यक्ष श्याम कृष्ण खत्रीले जानकारी गराए । भाज्या पुखुको बीचमा जलेश्वरनाथ मन्दिर समेत पुनर्निमाण गरिएकोले नगरपालिकाले यसको उद्घाटनका लागि शिवरात्रीको दिन चुनेको हो । भग्नावशेषको रुपमा रहेको भाज्यापुखुको बीचमा माटोको थुम्को रहेपनि भक्तपुर नगरपालिकाले पुरात्वविदहरुको सहयोगमा अध्ययन गर्दा पोखरीको बीचमा जलेश्वर मन्दिर रहेको इतिहासका आधारमा मन्दिर पुनर्निर्माण गरिएको वडाध्यक्ष खत्रीले बताएका छन् ।

    अध्ययन अनुसन्धानको जिम्मा पाएका प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले भाज्या पोखरीको अध्ययन–अनुसन्धानकै क्रममा पोखरीको मध्यभागमा पश्चिमाभिमुख शिखर शैलीको जलेश्वर मन्दिर भएको थाहा हुन आएको बताए । उनले भक्तपुर नपाले भाज्या पोखरीको जीर्णोद्धार एवम् जलेश्वर मन्दिरको पुनःनिर्माण मौलिक शैली र स्वरुपमा गर्नु प्रशंसनीय कार्य भएको बताए ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाकाले गरिरहेको सम्पदा संरक्षण कार्यले इतिहासको रक्षा हुनुका साथै भक्तपुरको आन्तरिक र बाह्य पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गरेका छन् । भाज्या पोखरी नगरपालिकाको गौरवको योजना भएको उनको भनाइ छ ।

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले फागुन २५ गते भाज्या पोखरी उद्घाटन गर्ने र यसको पुनःनिर्माणबारे प्रष्ट पार्ने पुस्तक बिमोचन गर्ने कार्यक्रम तय गरिएको नगरपालिकाले जनाएको छ ।

    default

    प्रतिकृया दिनुहोस्

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...

    क्यानडा र युके पठाईदिन्छु भन्ने ठगहरु प्रहरी फन्दामा

    वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई...