News Portal

  • राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित मानिस मृत फेला

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २१ फागुन २०८०
    १७८ पटक
    भक्तपुर, २१ फागुन २०८०

    भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन । मध्यपुर थिमी नगरपालिका वडा नं. ९ राधेराधेस्थित हनुमन्ते खोलामा इलामका २६ वर्षीय छत्र थापा मृत अवस्थामा फेला परेको हो।

    ईलाम नगरपालीका वडा नं. ३ मा स्थाई घर भएका थापा हाल काठमाडौँको कोटेश्वर तिनकुनेमा बस्दै आएका थिए । खोलाको बिचमा बा. ८६ प. ९७३० नं. को स्कुटी सहित मृत अवस्थामा एक व्यक्ति रहेको जानकारी पछि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार घटना स्थल नजिक रहेको प्रहरी वृत ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलि खटिई गई प्रारम्भिक अनुसन्धान गरिएको छ। शव पोष्टमार्टमको लागि के.एम.सी. दुवाकोट अस्पताल लगिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाइएको छ।

    प्रतिकृया दिनुहोस्

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...