News Portal

  • काठमाडौँको खेलकुद कार्यसूचीमा पाकिस्तानी दूतावासको क्रिकेट प्रतियोगिता समावेश

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २७ फागुन २०८०
    १४० पटक
    भक्तपुर, २७ फागुन २०८०

    नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । साताव्यापी उक्त प्रतियोगिता आइतवार सम्पन्न भएको हो ।

    नेपालस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको उक्त प्रतियोगितामा बिजेता  क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँले ली क्रिकेट क्लबलाई पराजित गर्दै बिजयी बनेको आयोजकले बताएको छ । बिजेता र उपविजेता दुवै टोली र खेलाडीले आइतवार आयोजित समापन समारोहमा पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

    उक्त अवसरमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरेर पाकिस्तानी राजदूतावासले खेलका माध्यमबाट दुई देशबीचको सम्बन्ध सुदृढ बनाएकामा कृतज्ञता ज्ञापन गरेका छन् । उनले काठमाडौँको खेलकुद कार्यसूचीमा पाकिस्तानी दूतावासले आयोजना गर्ने यो प्रतियोगिता समावेश भएको जानाकारी गराए ।

    विगत १४ वर्षदेखि पाकिस्तानी दूतावासले हरेक वर्ष टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ ।

    नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले नेपालका उदीयमान क्रिकेट क्लब र तिनका प्रतिभाशाली खेलाडीलाई प्रतियोगिताले प्रतिभा प्रस्फुटनको अवसर प्रदान गरेको बिश्वास व्यक्त गदै भविष्यमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता प्रकट गरेका छन् ।

    समापन समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलम सरवार, नेपालका लागि इजिप्टका राजदूत नोहा हम्दी अहमेद एल्गाब्ली, नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन चौधरी, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारी, क्रिकेट सङ्घ नेपालका महाप्रबन्धक उत्सव ढुङ्गाना, हिमालय बैङ्कका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर जङ्गबहादुर राणा लगायत नागरिक समाजका अगुवा तथा क्रिकेटप्रेमीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...