News Portal

  • भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २८ फागुन २०८०
    १९२ पटक
    भक्तपुर, २८ फागुन २०८०

    भक्तपुर, २८ ।  भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा अन्तरनगर महिला कबड्डी प्रतियोगिता हुने भएको हो ।

    नगरपालिकाले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको छ । फागुन २९, ३० र चैत्र १,२,३ गतेसम्म प्रतियोगिता संचालन गर्न लागिएको वडाध्यक्ष एवं खेलकुद संयोजक श्यामकृष्ण खत्रीले जनाएका छन् । देशका बिभिन्न १७ वटा नगरपालिकाहरूले प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता गराइसकेका उनले जानकारी गराएका छन् ।

    पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले शहीद दिवसको अवसर पारेर प्रतियोगिता गर्न लागेको बताएका छन् ।

    प्रत्येक वर्ष एउटा अन्तर नगर खेलकुद प्रतियोगिताको योजना अनुसार यो वर्ष कबड्डी प्रतियोगिता गर्न लागेको उनले बताए । नगरपालिकाले शिक्षा र स्वास्थ्य संगै खेलकुदलाई पनि महत्वका साथ अघि बढाइरहेको बताउदै नगर प्रमुख प्रजापतिले खेलकुदमा पनि भक्तपुर मोडल दिने जिकिर गरे ।

    नगरपालिकाले यस अघि भलिबल, कराँते, एथलेटिक्स, बुद्धिचाल र खो खो खेलको प्रतियोगिता सफलताका साथ सम्पन्न गरिसकेको छ । यस् वर्षको कबड्डी प्रतियोगिताको उद्घाटन सहिद स्मृति खेल मैदानमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) बाट गराउने कार्यक्रम तय गरिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...