News Portal

  • काभ्रेको सवारी दुर्घटनामा भक्तपुरका थापामगरको निधन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २ चैत २०८०
    ३४१९ पटक
    भक्तपुर, २ चैत २०८०

    काभ्रेमा सवारी दुर्घटनामा परी भक्तपुरका एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा मध्यपुर थिमी नगरपालिका-३ का प्रह्लाद थापामगर रहेका छन् ।

    बिहीबार दिउँसो करिब साढे १ बजेको समयमा पनौती बाट बनेपा तर्फ आउदै गेरको बा.८४ प.६८२३ नम्बरको स्कुटरले बनेपाबाट पनौती तर्फ जादै गरेको बा. ३२ प. ७०३८ नम्वरको मो.सा. लाई ठक्कर दिदा मोटरसाइकलमा पछाडि सवार रहेका ५७ वर्षीय थापामगर गम्भीर घाइते भएका थिए । उनको काठमाडौस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रम्मा शुक्रवार ज्यान गएको पारिवारिक श्रोतले जानकारी गराएको काभ्रे प्रहरीका डिएसपी राजकुमार श्रेष्ठले पुष्टि  गरेका छन् ।

    मोटरसाइकल चालक झापा कन्चन कवल गा.पा.६ बस्ने बर्ष ३५ को नरेन्द्र कुमार राजवंसी र स्कुटर चालक काभ्रे बनेपा न.पा. ८ बस्ने बर्ष ५७ को सुर्य कुमार रन्जितकारको उपचार भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...