News Portal

  • शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १५ चैत २०८०
    १०३६ पटक
    भक्तपुर, १५ चैत २०८०

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ भक्तपुरको मध्यपुर थिमी-३ बस्दै आएका डा लम्साललाई मन्त्री परिषद बैठकले सचिवमा पदोन्नति गर्ने निर्णय गरेको हो ।

    बैठकमा सहभागी उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले लम्साललाई बढुवा गर्ने निर्णय भएको बताएका छन् । डा लम्साल हाल सुदुर पश्चिम प्रदेशको कामु प्रदेश मुख्य सचिव हुन् । लोकसेवा आयोगबाट  ३ सह सचिवको नाम सिफारिस भएकोमा बरियतामा पहिलो स्थानमा रहेका लम्साललाई बिहीबार सिंहदरवारमा बसेको मन्त्री परिषद बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

    गत साता आमा चित्रकला लम्सालको असामयिक निधनले लम्साल शोकमा रहेका छन् । सचिव बढुवा भएको खुशी आफ्नो जन्मदाता आमालाई सुनाउने अवसरबाट भने उनी बन्चित बन्न बाध्य बनेका छन् ।

    शिक्षा सेवामा राम्रो छवि बनाएका डा लम्साल बजेट तथा योजनामा दख्खल राख्दछन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...