News Portal

  • गठ्ठाघरस्थित आफ्नै निवासमा अचेत फेला परेका अर्यालको निधन

    भक्तपुर पोष्ट संवाददाता मध्यपुर थिमि, १९ चैैत २०८०
    २४० पटक
    मध्यपुर थिमि, १९ चैैत २०८०

    भक्तपुरको मध्यपुर थिमि -३ गठ्ठाघर सागबारीस्थित आफ्नै निवासमा अचेत फेला परेका एक व्यक्तिको निधन भएको छ । साढे २ तले घरको माथिल्लो तल्लाको कोठामा एक्लै बस्दै आएका वर्ष ६७ को हरिप्रसाद अर्यालको निधन भएको हो ।

    अपराह्न बेडमा अचेत अबस्थामा रहेका अर्याललाई प्रहरीले गठ्ठाघरस्थित नागरिक अस्पताल लगेकोमा सवा १ बजेको समयमा सम्बन्धित चिकित्सकले मृत घोषित गरिदिएका थिए ।

    शवलाई पोष्टर्माटमको लागि के.एम.सी अस्पताल दुवाकोट लगिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी समेत रहेका डिएसपी राजन कार्कीले जानकारी गराएका छन् ।

    छोराछोरी अष्ट्रेलियामा भएका अर्याल घरमा एक्ला थिए । उनी सेवा निवृत्त शिक्षक भएका स्थानीयको भनाइ छ । दिउँसोसम्म उनलाई नदेखेपछि प्रहरीलाई खबर गरिएको थियो । राती नै उनको ज्यान गएको आशंका गरिएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...