News Portal

  • काभ्रेमा आगलागी हुँदा गयो २४ चौपायाको ज्यान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २६ चैत २०८०
    १५५३४ पटक
    भक्तपुर, २६ चैत २०८०

    काभ्रेपलान्चोकको रोशी गाउँपालिका-४ डाँडागाँउमा आगलागी हुँदा २४ चौपायाको ज्यान गएको छ । आगलागीमा परी २३ वटा बाख्रा र एउटा बंगुरको जलेर ज्यान गएको प्रहरीले जनाएको हो ।

    सोमबार साँझ करिब साढे ६ बजेको समयमा पिप्सेगैरा सामुदायिक वनमा लागेको आगो अचानक कुल बहादुर ईस्माली मगरको घर र गोठमा सल्कदा गोठमा बाँधिएका २३ वटा बाख्रा र एउटा बंगुर जलेर ज्यान गएको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

    आगलागीमा कुनैपनि मानवीय क्षती भने नभएको उनको भनाइ छ ।

    साथै, घर भित्र रहेको अन्नपात , लत्ताकपडा , भाँडाबर्तन, २ तोला बाराबरको सुनको गरगहना र नगद रु ५५ हजार समेत जली घर र बाख्राको गोठ पुर्ण रुपमा नष्ट भएको छ ।

    स्थानीय र प्रहरीको सहयोगमा आगो निभाउने कार्य भई रहेको र क्षतीको विबरण खुल्न बाँकी रहेको बताइएको छ ।

    सच्याइएको : शिर्षकले भ्रम उत्पन्न गरेकाले सच्याइएको छ । -सम्पादक

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...