News Portal

  • बागमती प्रदेशको महिला चालक उत्पादन कार्यक्रम भक्तपुरबाट शुरु

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २९ चैैत २०८०
    ५०१ पटक
    भक्तपुर, २९ चैैत २०८०

    बागमती प्रदेशमा महिला लक्षित रोजगार कार्यक्रम अन्तर्गत महिला सवारीचालक उत्पादन प्रक्रिया शुरु गरिएको छ । बिहीवारबाट सो कार्यक्रम शुरु भएको हो ।

    भक्तपुरको राधेराधेस्थित बुढाथोकी ड्राइभिङ सेन्टरमा आयोजित एक औपचारिक समारोहमार्फत प्रदेश सरकारका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले महिला चालक उत्पादन कार्यक्रमको शुभारम्भ गरेका छन् । सहभागी महिलालाई सम्झौता पत्र प्रदान गर्दै उनले कार्यक्रम शुभारम्भ भएको घोषणा गरेका हुन् ।

    प्रदेशका १३ जिल्लाका १ सय महिलालाई आजबाट सवारीचालक तालिम दिन शुरु गरिएको उनले जानकारी गराएका छन् । सहभागी महिलाले चालक अनुमतिपत्र नलिएसम्म नि:शुल्क तालिमको व्यवस्था गरिएको मन्त्री लम्सालले बताए ।

    सवारी चालक महिलाको संख्या कम रहेको र यसमा पेशागत रोजगारीको सम्भावना बढी भएकोले तालिमको व्यवस्था गरिएको उनले बताए । महिलालाई रोजगारका साथै स्वरोजगार बनाउन तालिमले मद्दत गर्ने उनले बिश्वास व्यक्त गरेका छन् । आगामी वर्षदेखि प्रदेशका १ हजार महिलालाई तालिम दिइने पनि उनले प्रतिवद्धता प्रकट गरे ।

    कार्यक्रममा बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव बलराम निरौलाले सवारी चालक तालिमका लागि यस वर्ष १८ लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी गराए । नेपालको श्रम बजारमा करिब ९० प्रतिसत अदक्ष र १० प्रतिसत अर्ध दक्ष जनशक्ति रहेको र त्यसमा पनि केही प्रतिसत मात्र दक्ष रहेका खुलासा गर्दै सचिव निरौलाले सीप सिकाएर दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।

    राधेराधेस्थीय यातायात व्यवस्था कार्यालयका प्रमुख डण्ड बस्नेतका अनुसार भक्तपुर,काभ्रे,सिन्धुपाल्चोकबाट छनौट भएका ४० जना महिला प्रशिक्षार्थीलाई भक्तपुरको राधेराधेस्थित बुढाथोकी ड्राइभिङ्ग सेन्टरमा प्रशिक्षण व्यवस्था मिलाइएको छ । प्रति प्रशिक्षार्थी रु १५ हजारका दरले बुढाथोकीले पाउने र त्यसका लागि प्रशिक्षार्थीले चालक अनुपती पत्र प्राप्त नगरुन्जेल सिकाउन पर्ने सर्त रहेको कार्यालय प्रमुख बस्नेतले बताए ।

    अन्य जिल्लाका प्रशिक्षार्थीलाई भने उनीहरुको पायक पर्नेगरी तालिम केन्द्र तोकिएको मन्त्रालयले जनाएको छ । उक्त तालिमका लागि स्थानीय तहहरु लाई पत्राचार गरिएको र सोका आधारमा प्रशिक्षार्थी छनौट भएका बताइएको छ । कार्यक्रममा भक्तपुरबाट दुई स्थानीय तहका प्रशिक्षार्थी मात्र सहभागि देखिएका छन ।

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...