News Portal

  • सल्लाघारीमा जारी महोत्सवमा दैनिक हजारौको भीड, किनमेल र मनोरन्जन नै मुख्य आकर्षण

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २९ चैैत २०८०
    १७३ पटक
    भक्तपुर, २९ चैैत २०८०

    सल्लाघारीस्थित १०८ रोपनी मैदानमा जारी ८ औं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव धुमधामका साथ् अघि बढिरहेको छ । दैनिक हजारौं मानिसहरु मेला अवलोकन गर्न आइरहेका छन् ।

    बिगतका वर्षमा झैँ नयाँ वर्ष र बिस्काः जात्राको अवसर पारेर आयोजित महोत्सवमा मूख्यत: सरसामान किनमेल गर्न, खेल खेल्न र सांगीतिक प्रस्तुतीको स्वाद लिन मानिसहरु व्यस्त देखिन्छन । त्यसका अलावा विद्यार्थीहरुको स्कूल बिदाको सदुपयोग गर्न अभिभावकले मेला भर्ने मेसो मिलाएका छन् भने केही खानाका स्टलमा भोक मेटाउन पनि महोत्सवमा पस्ने गरेका भेटिन्छन । कतिपय फुर्सदिला मानिसहरुलाई भने महोत्सव दिन कटाउने स्थल बन्न पुगेको छ ।

    बहुसंख्यक अवलोकनकर्ता भने सपरिवार आउने गरेका र महोत्सवलाई किनमेल देखि मनोरन्जन र घुमघामको गन्तब्य बनाउने गरेका आयोजक औधोगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले बताएका छन् ।

    चैत २२ गते बाट शुरु महोत्सव बिहीवार सम्ममा १ लाख जनाले अवलोकन गरिसकेका आयोजकको दावी छ । ”८ औं दिनसम्म आइपुग्दा सहभागीता उत्साहजनक रहेको छ ।” मेलाका संयोजक दिपक थापाले दावी गरे । मंगलबार भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा सुरु भएकाले अबका दिनमा महोत्सव अवलोकन गर्ने आउनेहरुको संख्यामा थप वृद्धि हुने आयोजकको अपेक्षा छ ।

    बिहीवार किनमेलसंगै गायिका अस्मिता अधिकारी, गायक दुर्गेश थापा, कुलेन्द्र विश्वकर्मा, श्रीकृष्ण बम मल्ल लगायतका कलाकारहरुको विशेष प्रस्तुतिमा अवलोकनकर्ताले सांगीतिक मज्जा लिएका थिए । आयोजक संस्था मध्यपुर ब्वाइज ब्यान्डका सुनिल महर्जनका अनुसार अहिलेसम्म राष्ट्रियस्तरका तीन दर्जन कलाकारहरुले सांगीतिक प्रस्तुती दिइसकेका छन । प्रत्येक दिन सांगीतिक कार्यक्रम  भैरहेको आयोजकको भनाइ छ ।

    महोत्सवमा कृषि, पर्यटन, खाद्यान्न, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन र खानाका परिकारसहित २ सय स्टल रहेका संयोजक दिपक थापाले जानकारी दिए । महोत्सवमा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यान, रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरु खेल्न सकिनेछ ।

    ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्थीलाई रु.५० र अन्यलाई भने रु.७० को प्रवेश शुल्क लाग्ने व्यवस्था गरिएको छ । महोत्सव बैशाख २ गतेसम्म संचालन हुनेछ । बैशाख ३ गते भने नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष सांगीतिक कार्यक्रम हुने आयोजकले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...