News Portal

  • शासक दलहरु मन्त्री पदकै निम्ति हानाथाप गरिरहेका छन् : गोसाई

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २९ चैैत २०८०
    ३९६ पटक
    भक्तपुर, २९ चैैत २०८०

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले शासक दलहरु जस्तो सुकै दुर्दशा भोगेपनि अन्ततः मन्त्री र पदकै निम्ति हानाथाप गरिरहेका आरोप लगाएका छन् । उनीहरुमा कहिल्यै चेत नआउने र जनताप्रति उत्तरदायी नरहेका सांसद गोसाईले आरोप लगाएका हुन् ।

    नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर जिल्ला समितिले ४५औं शिक्षक दिवसका अवसरमा आयोजना गरेको प्रवचन कार्यक्रम लाई बिहीवार सम्बोधन गर्दै प्रदेश सांसद गोसाईले अपराधलाई राजनीतिकरण र राजनीतिलाई अपराधीकरण गरिरहेका शासक दलहरुले भ्रष्टाचार र आर्थिक अनियमिततालाई निरन्तरता दिइरहेको जिकिर गरे । इज्जत, प्रतिष्ठा, नैतिकता, सिद्धान्त र विचारको संकट ल्याएकै कारण शासक दलहरुबाट देशले आश गर्न नसक्ने उनको दावी छ ।

    उक्त अवसरमा सांसद गोसाईले समुदायले बुझ्ने गरी, समाजले अनुभव गर्ने गरी शिक्षकहरुले सहभागीतामूलक र अन्तरक्रियात्मक छलफल कार्यक्रमहरु ल्याउनुपर्नेमा पनि जोड दिएका छन् । उनले विद्यार्थीहरु कक्षा १२ पछि विदेश जानुमा शासक दल, अभिभावक र शिक्षकहरुको पनि कमजोरी रहेको भन्दै उनीहरुलाई देशमै रहने वातावरण बनाउनुपर्ने आवश्यकता औल्याए । अंकको जोड घटाउतिर लागे जो सुकैले दुःख पाउने बताउँदै सांसद गोसाईले शिक्षकहरुले शिक्षालाई व्यवहारिक र विद्यार्थी मैत्री बनाउदै सभ्य र सम्मुन्नत समाज निर्माणका लागि अग्रसर हुनुपर्नेमा जोड दिए ।

    नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय सहसचिव जगन्नाथ सुजखुले शिक्षक संघर्ष र आन्दोलनबाट हासिल गरेका उपलब्धिको स्मरण गर्दै शिक्षा क्षेत्रमा राम्रा र सक्षम शिक्षकको आवश्यकता रहेको चर्चा गरे । उनले बाल विकास सहयोगीहरुलाई शिक्षकको दर्जा दिनुपर्नेमा जोड दिँदै विषय र तहअनुसारको जनशक्ति पु¥याए मात्रै शैक्षिक संस्था राम्रो बन्ने बताए ।

    जोरपाटी माविका प्रधानाध्यापक हरिप्रसाद ढकालले व्यंग्यात्मक कविता प्रस्तुत गर्दै बेथितिबारे व्यंग्य गरे । उक्त कार्यक्रममा अर्का केन्द्रीय सदस्य अम्बिका न्याइच्याईले वि.सं २०२८ सालको शिक्षा ऐनलाई टेकेर काम गरिरहेका शिक्षकहरुलाई शिक्षा विधेयक २०८० ले अप्ठ्यारो पारेको बताइन ।

    आयोजक समितिका अध्यक्ष गणेश राम थुसाले शिक्षक संघर्षमा अग्रजहरुको योगदानलाई कदर गर्दै शिक्षकको सीप र साधनलाई देश र जनताको हितमा सही सदुपयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा राजन लाखा, घनश्याम खड्कालगायतले शिक्षक दिवसको महत्व माथि प्रकाश पारे ।

    उक्त अवसरमा शिक्षकका हकहितका अलावा शिक्षा विधेयकभित्र रहेका कमी कमजोरीहरुलाई औल्याइनुका साथै एसइई परीक्षालाई निरन्तरता दिनुपर्ने माग समेत गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...