News Portal

  • आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ बैशाख २०८१
    ४३९ पटक
    भक्तपुर, ७ बैशाख २०८१

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ । हिजो वैशाख ६ गते बिहिवार बाट शुरु राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आज शुक्रवार पनि जारी छ ।

    सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित रुपमा नि:शुल्क खुवाउन थालेको हो । सोहीबमोजिम वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइँरहेको र भक्तपुरमा पनि यो कार्यक्रम प्रभावकारी भैरहेको स्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अस्मिता ओझाले बताएकी छन् ।

    बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरणका लागि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन ओझाले अपिल गरेकी छन् । नजिकैका स्वास्थ्य स्वयम्सेविकाले नि:शुल्क भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइँरहेको उनले जानकारी गराइन । ४ वटै नगरपालिकाका स्वास्थ्य शाखा मार्फत राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमलाई भक्तपुरमा प्रभावकारी पारिएको उनको भनाइ छ ।

    बालबच्चामा भिटामिन ‘ए’ को कमी भएमा अन्धोपन, छाला रोगको समस्या, शारीरिक तथा मानसिक विकासमा कमी, दाँत र हड्डीको विकासमा कमी, कुपोषण र बाल मृत्‍युदरको उच्च जोखिम रहने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...