News Portal

  • पत्रकार थापालाई पितृशोक

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ७ बैशाख २०८१
    ३६० पटक
    भक्तपुर, ७ बैशाख २०८१

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको छ । उनका पिता कृष्णबहादुर थापाको निधन भएको हो ।

    ७३ वर्षको उमेरमा बुधवार राति उनको देहान्त भएको पारिवारिक श्रोतले जानकारी गराएको छ । लामो समयदेखि दम, मुटु र मिर्गौला रोगले ग्रसित उनको उपचारकै क्रममा भक्तपुर अस्पतालमा निधन भएको थियो ।

    उनको श्रीमती, १ छोरा र १ छोरी छन् ।

    सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुन्डुको किवाचोक निवासी थापा पूर्व मन्त्री एवं नेकपा(एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतको राजनीतिका प्रारम्भिक दिनहरुमा राजनीतिक गुरु तथा सहयोगी समेत हुन् । उतिबेलाका कम स्नातक मध्येका एक थापा शिक्षक पनि थिए । तत्पश्चात सल्लाघारीमा व्यवसाय संचालन गरेर बसेका थापा स्वास्थ्यमा समस्या भएपछि पछिल्ला केहि वर्षदेखि स्वास्थ्य लाभका लागि आराम गरिरहेका थिए ।

    सरल र मिजासिको व्यक्तित्वका धनी थापा आफू बिरामी रहँदा समेत राजनीति बिग्रेको देख्दा बिरक्त देखिन्थे । अस्थिर राजनीति र जनताको नेताप्रति टुट्दै गएको बिश्वासले उनलाई बिरक्त बनाएको थियो । राजनीतिमा जादू होस् अनि देश चाडै सम्पन्न र देशबासी सुखी हुन् भन्ने उनको सपना रहेको थियो । यस्तै सपना देख्दा देख्दै अन्तत: उनी अब कहिल्यै सपना नदेख्नेगरी बुधवारबाट सधैका लागि चीर निन्द्रामा बिलिन बन्न पुगे ।

    पूर्व उपाध्यक्ष कविता थापाको पूजनीय पिताको निधनप्रति नेपाल पत्रकार महासंघ भक्तपुरले दु:ख व्यक्त गरेको छ । महासंघले स्वर्गीय थापाप्रति श्रद्धान्जली अर्पण गर्दै पूर्व उपाध्यक्ष थापा लगायत शोक संतप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको अध्यक्ष जगत कृष्ण प्रजापतिले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...