News Portal

  • भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरपोस्ट संवाददाताचाँगुनारायण, ८ बैशाख २०८१
    ११५३ पटक
    चाँगुनारायण, ८ बैशाख २०८१

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ । उनको ममतामयी माता लक्ष्मीमाया कासिछ्वाको निधन भएको हो ।

    ९३ वर्षको उमेरमा लक्ष्मीमायाको शनिवार साँझ निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको छ । चाँगुनारायण-५ छालिङ्गस्थित आफ्नै निजी निवासमा उनको निधन भएको हो । सामान्य निमोनिया भएपनि उनमा कुनै जटिल दीर्घ रोगको समस्या भने नरहेको बताइएको छ ।

    उनको पार्थिव शरीरलाई अन्त्येस्टिका लागि अहिले राति १० बजे ब्रह्मायणीस्थित घाटमा पुर्याइएको पारिवारिक श्रोतले जानकारी गराएको छ । दिवंगत लक्ष्मीमायाका ३ छोरा र ३ छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...

    भारतका स्थल सेनापति द्विवेदी नेपालमा, मानार्थ महारथीको दर्जा प्रदान गरिने

    छिमेकी देश भारतका स्थल सेनापति जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । प्रधान सेनापति अशोकराज...

    एमालेको जागरण सभाका कमान्डर नै कम्बोडिया प्रस्थान, पूर्व गृहमन्त्रीका पिएको यस्तो प्रश्न

    सत्तारुढ दल नेकपा (एमाले)ले मंसिर ७ मा गर्ने जागरण सभाको कमान्डर नै कम्बोडियातर्फ लागेका छन्...

    उपनिर्वाचन : काँग्रेस-एमाले संयुक्त उम्मेदवार पछि हटेपछि माओवादी केन्द्र निर्विरोध निर्वाचित

    मंसिर १६ मा हुने उपनिर्वाचनको मतदान अगावै नेकपा(माओवादी केन्द्र)ले बिजय प्राप्त गरेको छ । उम्मेदवारी...

    चर्चित अभियन्ता दुर्गा प्रसाई पक्राउ,

    मेडिकल व्यवसायी एवं चर्चित अभियन्ता दुर्गाप्रसाद प्रसाई पक्राउ परेका छन् । मंगलवार अपराह्न भक्तपुरको मध्यपुर...