News Portal

  • भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १२ बैशाख २०८१
    २२५४ पटक
    भक्तपुर, १२ बैशाख २०८१

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र उपचारमा व्यस्त रहदा प्रहरी भने अस्पताल गेटबाहिर र भित्र रहेका उत्तेजित भिडलाई सम्हाल्ने प्रयास गर्दै थियो । अस्पतालमा केहीवेर तनाव भयो । केही समयपछि थाहा भयाे भूकम्प जाँदा कसरी घाइतेको उद्धार गरी उपचार गर्ने भनेर रिहर्सल गरिएकाे रहेछ ।

    २०७२ वैशाख १२ गतेको महाभूकम्प स्मरण गर्दै भक्तपुर अस्पतालमा बुधवार आपतकालीन अभ्यास गरिएको हो । अस्पतालले सम्भावित भूकम्प प्रकोपको समयमा उपचार सेवालाई प्रभावकारी बनाउन पूर्वाभ्यास गरेको बताइएको छ ।

    बुधवार मध्यान्ह १२ बजेदेखि एम्बुलेन्सले एकाएक दर्जनौं घाइते ओसारेर अस्पताल ल्याइपुर्याएपछि अस्पताल परिसरमा निकै कौतुहलता छाएको थियो । ३ दर्जन घाइते अस्पतालमा आएपछि बिरामी र कुरुवामा मात्र होइन, स्थानीयमा समेत सन्त्रास फैलिएको थियो । घाइतेको उपचारमा चिकित्सक र अस्पताल स्टाफको हतारोले मानिसहरुमा दुर्घटनाको कारण र घाइतेको अवस्थाबारे चासो बढिरहेको थियो ।

    नेपाली सेना, प्रहरी, रेडक्रस र आरएनए १६ का उद्धारकर्ताहरुले भूकम्पका कारण च्वंगा गणेश नजिक दुर्घटनामा परेको बसबाट मानिसहरुलाई उद्धार गरी अस्पताल ल्याइपुर्याइएका थिए । बसको फलाम काटेर उद्धार गरेका घाइतेलाई उपचारका लागि अस्पातल ल्याइएको आरएनए १६ का आपतकालीन उद्धारक अरुण सैजूले जानकारी गराए । तर, यो एउटा आपतकालीन अवस्थाको काल्पनीक दृश्य मात्र थियो ।

     

    ”सम्भावित भूकम्पको अवस्थामा अस्पतालले पुर्याउने सेवाको अवस्था ड्रिलले उजागर गरिदिएको र यसलाई अनुभवको रुपमा लिएर कमजोरीलाई सुधार्ने र आपतको अवस्थामा प्रभावकारी उपचार सेवाको बिकास गर्ने उदेश्यले ड्रिल अभ्यास गरिएको अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले जानकारी गराएकी छन ।

    ७ जना घाइतेलाई आइसीयुमा र १० जनालाई वार्डमा राखेर उपचार गरिएको उनले जानकारी गराइन । ४ जनालाई शल्यक्रिया गर्नुपरेको थियो । २ जनाको ज्यान गएपछि र घाइतेको अवस्था हेर्न पाउनुपर्ने आफन्तको मागले अस्पताल परिसर तनावग्रस्त बन्न पुगेको भएपनि अस्पताल प्रशासन र प्रहरी प्रशासनको प्रयासले स्थिति नियन्त्रणमा आएको र उपचारमा कुनै अवरोध नभएको डा गौतमले जानकारी गराइन् ।

    विपदको समयमा केकस्ता अप्ठ्यारा सामना गर्नुपर्छ भन्ने पूर्व जानकारी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले पाएका र सम्भावित प्रकोपको समय यसले उपचार व्यवस्थापनमा अनुभव र आत्मबल मिल्ने उनले बताइन् ।

    करिब ३ घण्टाको ड्रिल पछि अस्पतालले त्यसको समीक्षा समेत गरेको छ । शुरुमा आत्तिए पनि पछि आफूहरु लयमा आएको डा अङ्कुर पौडेलले प्रष्ट पारे । यसले आफूहरुलाई धेरै ज्ञान दिएको अपरेशन इन्चार्ज हरि कोजुको भनाइ छ । ड्रिलले प्रकोपको समयमा उपचार व्यवस्थापन गर्न आट प्रदान गरेको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । अस्पतालले अभ्यासबाट सिकाउने कार्यलाई निरन्तरता दिने अस्पताल संचालन एवं व्यवस्थापन समितिका अध्यक्ष रमण कायस्थले प्रतिवद्धता प्रकट गरेका छन् ।

    भक्तपुर अस्पतालले ९ वर्ष अघिको महाभूकम्पको स्मरण गराएको बताउदै नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तकले अस्पतालको अभ्यासले विपदको बेला अस्पतालको सेवाप्रति ढुक्क हुन सक्ने अवस्था सिर्जना गरेको बताए ।

    भक्तपुर अस्पतालमा रहेर ड्रिलको सम्पूर्ण अवधीभर अवलोकन गरेकी भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले अस्पतालको प्रयासको प्रशंसा गरेकी छन् । यसले अस्पतालको वर्तमान अवस्था र सुधार गर्नुपर्ने कुरा थाहा भएको भन्दै प्रजिअ श्रेष्ठले अस्पतालको सेवालाई विपदको समयमा थप प्रभावकारी बनाउन यसले मद्दत मिल्ने बिश्वास व्यक्त गरिन् ।

    प्रजिअ श्रेष्ठले स्थलगतरुपमा र सीसी क्यामेराबाट अस्पतालको उपचार सेवाको अवस्था अवलोकन गर्दै आवश्यक समन्वय र निर्देशन दिएकी थिइन् । यसले आफूलाई पनि धेरै कुरा सिकाएको उनले बताइन । भक्तपुर अस्पतालले आयोजना गरेको ड्रिलको संयोजन आरएनए १६ का प्रमुख एवं आपतकालीन उद्दारक अरुण सैजूले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...