News Portal

  • महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    भउचप्रसाद यादवकाठमाडौं, २८ बैशाख २०८१
    १९९ पटक
    काठमाडौं, २८ बैशाख २०८१

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ छिचोलिएको हो भने अर्को सिँचाइ र जलविद्युत्सँग सम्बन्धित बहुउद्देश्यीय सुरुङ हो । २०८१ सालको पहिलो महिनामा नै दुई वटा सुरुङ छिचोलिएसँगै मुलुक सुरुङमार्गको नयाँ ढोका उघार्दै पूर्वाधार विकासको नयाँ गन्तव्यमा प्रवेश गरेको हो ।

    मुलुककै सडक यातायातको पहिलो आधुनिक र सबभन्दा लामो सडक यातायात सुरुङका रूपमा निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजना अन्तर्गतको मुख्य सुरुङ वैशाख ३ गते छिचोलिएको थियो । त्यसै गरी तराई, पहाड र हिमाललाई मुलुकको समृद्धिसँग जोडिने उद्देश्यसहित सुनकोशी–मरिण डाइभर्सन राष्ट्रिय बहुउद्देश्य आयोजना अन्तर्गतको सुरुङ बुधबार छिचोलिएको हो ।

    यी दुई वटै सुरुङ मुलुकको समग्र विकासका लागि आशा जगाउने योजनाका रूपमा अगाडि बढिरहेको छ भने मुलुकको पूर्वाधार विकासको सुरुङ यात्रा सुरु भएको हो । त्यसै गरी निर्माणाधीन यी सुरुङहरूको प्रविधि र सिप मुलुकको पूर्वाधार विकासका लागि एउटा दस्ताबेज पनि हो, उपहार पनि हो ।

    सुनकोशी–मरिण डाइभर्सन राष्ट्रिय बहुउद्देश्य आयोजनाको सुरुङ टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिबाट निर्माण भइरहेको छ भने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग ‘न्यु अस्ट्रियन टनेलिङ (एनएटिएम) मेथड’ बाट निर्माण भइरहेका छन् । यस प्रविधिमा सुरुङमा ‘ड्रिल’ गरेर ‘बलास्ट’ गराइन्छ । यसअघि यस सुरुङमार्ग आयोजना अन्तर्गतको आपत्कालीन सुरुङमार्ग साउन २२ गते छिचोलिएको थियो ।

    सुनकोशी–मरिण डाइभर्सन राष्ट्रिय बहुउद्देश्य आयोजनाको सुरुङ टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिबाट निर्माण गरिने दोस्रो परियोजना हो । यसअघि भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ खन्न यो प्रविधिको प्रयोग गरिएको थियो ।

    सो सुरुङमार्गले मुलुकलाई नयाँ सडक पूर्वाधार मात्र दिने छैन त्यससँग सम्बन्धित जापानी उच्च प्रविधिसमेत नेपाल भित्रिने छन्, किनकि सुरुङ खन्न जापानका प्राविधिक साथै नेपाली प्राविधिकसमेत काम गर्दै आएका छन् ।

    चुरियामाईपछि रोकिएको सुरुङमार्गको नयाँ यात्रा सुरु

    यी दुई वटै सुरुङमार्ग छिचोलिएसँगै चुरियामाईपछि रोकिएको मुलुकको सुरुङमार्गको यात्रा पुनः सुरु भएको हो । विसं १९७४ मा चुरियामाई सुरुङमार्ग निर्माणपछि मुलुकमा सडक सुरुङमार्गको यात्रा ठप्प नै भएको देखिन्छ । बाराको चुरियामाईदेखि अमलेखगन्जसम्म निर्माण गरिएको चुरियामाई सुरुङलाई एसियाकै पहिलो सडक सुरुङका रूपमा मान्ने गरिन्छ । यसको लम्बाइ २३९ मिटर छ । यो सुरुङमार्ग सन् १९१७ मा खनिएको थियो । यो सुरुङमार्ग इन्जिनियर डिल्लीजङ्ग थापाले डिजाइनमा निर्माण भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...