News Portal

  • भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ६ जेठ २०८१
    ८१८ पटक
    भक्तपुर, ६ जेठ २०८१

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको ‘एन्टी थेफ़्ट मोबाइल ट्रयाकर’ एप्लिकेसन नेपाल भित्राएका हुन् ।

    शनिवार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै मोबाइल हराउन नदिने ‘सफर एटिएमटीप्रो नेपाल’ नामको मोबाइल एप्लिकेसन सार्वजनिक गरिएको हो । सेफर इनकर्पोरेसन प्रालिले नेपालमा सो एपले काम गर्न शुरु गरेको जानकारी गराएको छ ।

    उक्त मोबाइल एपमा मोबाइल हराउन नदिने र हराएमा भेट्टाउँन मद्दत मिल्ने गरी टेक्नोलोजी भएको सेफर इनकर्पोरेसन प्रालिका प्रवन्ध निर्देशक सुवास बासुले बताएका छन् । मोबाइलले साइरन बाट जनाउ दिने देखि मोबाइल लिने व्यक्तिको फोटो र स्थान(लोकेसन)समेत आफूले रोजेको अर्को नम्बरमा पठाएर मोबाइलको सुरक्षा गर्ने उनले दावी गरेका छन् ।’एप्लिकेसनमा मोसन थेफ़्ट सेन्सर,रिमोट कन्ट्रोल र अटोमेटिक एलर्टले मोबाइलको सुरक्षा गर्छ ।’ उनले भने ।

    सो अवसरमा उक्त मोबाइल एप्लिकेसन निर्माता भरतीय कम्पनीको समेत प्रतिनिधित्व रहेको थियो । निर्माता कम्पनीले मोबाइल एप्लिकेसन पूर्ण सुरक्षित रहेको र यसले मोबाइल चोरी लाई नियन्त्र गर्ने र मोबाइल हराउदा त्यसमा रहेका डेटा हराएर हुने हैरानी बाट पनि बचाउने जिकिर गरेको छ ।एप्लिकेसनमा कुनै प्रचार सामाग्री नदेखिने समेत निर्माता कम्पनीको भनाइ छ । भारत बाहेक बंगलादेश र भुटान लगायत देशमा समेत एप लोकप्रिय रहेकोले निश्चिन्त भएर प्यायोग गर्न कम्पनीले प्रेरित गरेको छ ।

    सफर एटिएमटीप्रो नेपाल डाउनलोड गर्न ब्याट सहित १ हजार २ सय ७३ रुपैया तिर्नुपर्ने पत्रकार सम्मेलनमा प्रष्ट पारिएको छ । एप्लिकेसनको मूल्य लिइएकोले अन्य सस्ता एप्लिकेशन जस्तो यसको प्रयोगमा जोखिम नरहेको कम्पनीको दावी छ ।

    पत्रकार सम्मेलनको संयोजन भने इभेन्ट म्यानेजमेन्ट गर्ने संस्था राजरागिनी इन्टरटेन्मेण्टले गरेको थियो कार्यक्रम संचालन संचारकर्मी एवं गायक कपिल कस्पालले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...