News Portal

  • सिरोहियाको पक्षमा उभिए सांसद थापा : ओलीमाथि आक्रोश, प्रचण्डप्रति गुनासो

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १० जेठ २०८१
    ३२६ पटक
    भक्तपुर, १० जेठ २०८१

    नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियाको पक्षमा उभिएका छन् । रफत सञ्चार क्लबमा बिहीबार बोल्दै उनले सरकारका उपप्रधान एवं गृहमन्त्री रवी लामिछानेले कान्तिपुर मिडियामाथि प्रतिसोध साधेर अध्यक्ष सिरोहियालाई पक्राउ गरेका बताएका हुन् ।

    ”कान्तिपुरमाथिको हस्तक्षेप निकृष्ट र आपत्तिजनक छ, म त्यसको भर्त्सना गर्दछु ।” उनले भने ।

    सर्वोच्च अदालतले समेत गिरीबन्धु टी-स्टेट प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नीतिगत रुपमा दोषी देखाएपछि यो प्रकरण छाँयामा पार्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको उनले दावी गरेका छन् ।

    कांग्रेस लोकतन्त्र र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै सांसद थापाले सत्ताको दुरुपयोग सह्य नहुने चेतावनी समेत दिएका छन् । सम्पूर्ण लोकतान्त्रिक शक्ति एक भएर कलम भाच्न खोज्नेहरुको प्रतिकार गर्नुपर्ने उनको भनाइ छ ।

    सरकारको डर धम्की र त्रासबाट काँग्रेस बिचलित नबन्ने भन्दै नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका सांसद थापाले सहकारी वचत अपचलन गरेका गृहमन्त्री लामिछानेलाई कारवाहीको दायरामा ल्याउनबाट कांग्रेस पछि नहट्ने प्रष्ट पारेका छन् ।

    सांसद थापाले अहिलेकै निर्वाचन प्रणाली र यही कार्यशैली विद्यमान रहेसम्म कुनैपनि दलको बहुमत नआउने बताउदै राजनीतिक अस्थिरता अन्त्यका लागि संविधान संशोधन गर्नपर्ने आवश्यकता समेत औंल्याएका छन् ।

    सांसद थापाले संसदमा सत्तापक्षले प्रतिपक्षको अस्तित्वलाई नजर अन्दाज गरेको गुनासो गरे । उनले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको भूमिकामाथि पनि प्रश्न गर्दै उनी एमाले कार्यकर्ताकै शैलीमा प्रस्तुत हुने गरेका आरोप लगाएका छन् ।

    त्यसैगरी केही दिन अघि प्रतिनिधिसभाको बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सांसदहरूप्रति अभद्र व्यवहार देखाएको आरोप लगाउदै उनले ओली अहिले गिरिबन्धु भ्रष्टाचार काण्डबाट अत्तालिएर अराजक हुदै गएका जिकिर गरे ।

    उनले प्रधान मन्त्री प्रचण्डले पनि कांग्रेसको गुनको बदलामा बैगुन गरिरहेका गुनासो गरेका छन् । प्रचण्डलाई अब कांग्रेसले राम्रै पाठ पढाउने पनि उनले टिप्पणी गरे ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...