News Portal

  • सेक्युरिटी प्रिन्टिङ प्रेसमा दोषी ठहर इन्जिनियरले गरे भक्तपुरस्थित आफ्नै निवासमा आत्महत्या

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ११ जेठ २०८१
    १४०५ पटक
    भक्तपुर, ११ जेठ २०८१

    भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी करार गरेपछि एक सरकारी कर्मचारीले आत्महत्या गरेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर भएका इन्जिनियरले भक्तपुरस्थित् आफ्नै निवासमा आत्महत्या गरेका हुन् ।

    सुरक्षण मुद्रण केन्द्रको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विशेष अदालतले ६ महिना कैद, ५ करोड ८४ लाख जरिवाना र बिगो बराबर रकम असुलीको फैसला सुनाएका इन्जिनियर नविनकुमार पोखरेलले बुधवार आत्महत्याको बाटो रोजेका छन् । मध्यपुर थिमि–१, लोहकिल्थलीको मनोहरा फाँटस्थित आफ्नै निवासमा झुण्डिएको अवस्थामा उनको शव फ़ेला परेको हो ।

    उनलाई तत्काल उद्धार गरेर भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटार लगेपनि चिकित्सकले मृत घोषणा गरेको नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष समेत रहेका स्थानीय जगत कृष्ण प्रजापतिले जानकारी गराएका छन् । मृतकको घरमा सुसाईट नोट समेत फेला परेको बताइएको छ । सुसाईट नोटमा पोखरेलले आफ्नो मृत्युमा कसैको हात नभएको भन्दै अरुलाई दोष लगाएका छैनन् । उनले विशेष अदालतले ठहर गरेको रकम तिर्न नसक्ने भन्दै नोटमा ‘यो रकम म तिर्न सक्दिन’ भनेर उल्लेख गरेका बताइएको छ ।

    पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधिका रुपमा (मेकानिकल) पदमा कार्यरत रहेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्दा उनी वन तथा वातावरण मन्त्रालयको उपसचिव पदमा रहेका थिए ।

    विशेष अदालतले गत जेठ ८ गते सुरक्षण मुद्रणका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित इन्जिनियर पोखरेल, इञ्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान र मेपटेक बिल्डिङ सर्भिसेसका निर्देशक भुवन महर्जनलाई दोषी ठहर गरेको थियो ।

    अख्तियारले गुणस्तरहिन ट्रान्सफरमरलाई सम्झौतामा उल्लेख भएअनुसार नै रहेको भनी गलत विवरणसहितको प्रतिवेदन दिएको लगायत आरोपमा पोखरेल लगायतलाई मुद्दा दायर गरेको थियो । सो मुद्दामा सफाई नपाई दोषी ठहर भएपछि इन्जिनियर पोखरेलले भने आफ्नो जीवन नै अन्त्य गर्न पुगेका छन् । यसबाट उनको परिवारमा अपूरणीय क्षती पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...