News Portal

  • नेपाल प्रहरीमा प्रहरी नायव महानिरीक्षक कार्कीलाई प्रवक्ताको जिम्मेवारी

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २० जेठ २०८१
    ३९७ पटक
    भक्तपुर, २० जेठ २०८१

    नेपाल प्रहरीले प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीलाई  केन्द्रीय प्रवक्ता एवम् सूचना अधिकारी तोकेको छ । प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका उनलाई नेपाल प्रहरीको प्रवक्ता एवम् सूचना अधिकारी तोकिएको हो ।

    नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

    प्रहरी नायव महानिरीक्षक कार्कीलाई ९८५१२९२१११ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने बताइएको छ । प्रहरी नायव महानिरीक्षक कार्कीले यसअघि प्रहरी वरिष्ठ उपरीक्षक पदमा कार्यरत रहँदा पनि नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता एवम् सूचना अधिकारीको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...