News Portal

  • मातृभाषा जोगाउने अभियानमा पनि पत्रकारिता जोडिनुपर्नेमा जोड

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २१ जेठ २०८१
    १९३ पटक
    भक्तपुर, २१ जेठ २०८१

    उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मातृभाषाको संरक्षणका लागि पत्रकारिता जगत अघि बढ्नुपर्ने बताएका छन् । मध्यपुर थिमिमा आइतवार सम्पन्न पहिलो अन्तराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा उनले मातृभाषा संरक्षणका लागि मातृभाषा पत्रकारिता अघि बढाउनपर्ने बताएका हुन् ।

    सम्मेलन समापनमा प्रमुख अतिथि रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठले मातृभाषाको आफ्नो छुट्टै पहिचान रहेको र त्यो पहिचान भुल्न नहुनेमा जोड दिए । मातृभाषा लोप हुँदै जाने खतरा रहेको भन्दै उनले त्यसको संरक्षण र सम्बर्धनका लागि सरकार प्रतिवद्ध रहेको प्रष्ट पारे ।

    माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले मातृभाषामा समाचार सम्प्रेषण गर्नु, मिडियाको स्थापना गर्नु मात्र नभई मातृभाषा र संस्कृतिक सम्पदाको साथै मातृभाषा जोगाउने अभियानमा पनि पत्रकारिता जोडिनुपर्नेमा जोड दिए ।

    मन्त्री श्रेष्ठले भने, ‘मातृभाषा पत्रिकारिताले समाचार सम्प्रेषण गर्नु, मिडियाको स्थापना गर्नु मात्र होइन, यसले आफ्नो समुदायको संस्कृतिक सम्पदा पनि जगेर्ना गरेको छ। यो पनि मातृभाषा जोगाउने एक अभियान हो।’

    सो अवसरमा मध्यपुर थिमिका उपप्रमुख बिजय कृष्ण श्रेष्ठले मातृभाषा संचारको माध्यम मात्र नभई सम्पदा रहेको बताएका छन् । उनले प्रचण्ड नेतृत्वको सरकारले नेपाल सम्बतलाई सरकारी कागजातमा उल्लेख गर्ने र बागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ्ग भाषालाई सरकारी कामकाजको भाषा कायम गरी प्रचलनमा ल्याएको प्रति खुशी समेत व्यक्त गरे ।

    अन्तराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा छिमेकी लगायत बिभिन्न देशबाट मातृभाषा पत्रकारिता गरिरहेका पत्रकारको सहभागिता रहेको आयोजक समितिका सदस्य बाबुकाजी श्रेष्ठले बताए । कार्यक्रममा विभिन्न मातृभाषाका संस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरिएको थियो।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...