News Portal

  • राष्ट्रका लागि दुई घण्टा अभियानमा पूर्व प्रधानमन्त्री ओलीको ऐक्यवद्धता

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, २४ जेठ २०८१
    ५५९ पटक
    भक्तपुर, २४ जेठ २०८१

    भक्तपुरबाट शुरु गरिएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ऐक्यवद्धता जाहेर गरेका छन् । भक्तपुरको बालकोट निवासी पूर्व प्रधानमन्त्री ओलीले बुधवार वातावरण दिवसको अवसरमा आयोजित अभियानको अरनिको राजमार्ग सरसफाईमा जोडिदै ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा ऐक्यवद्धता जाहेर गरेका हुन् ।

    ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नारासहित सफाई अभियानमा रहेको राष्ट्रको लागि दुई घण्टा अभियानको पूर्व प्रधानमन्त्री ओलीले मुक्त कण्ठले प्रशंसा गरे । उनले राष्ट्रको लागि सबै नागरिकले सोच्नुपर्ने बताउदै कम्तिमा दुई घण्टा राष्टको नाममा सेवा गर्ने अभियानमा सामेल हुन अपिल समेत गरेका छन् ।

    पूर्व प्रधानमन्त्री ओलीले कौशलटार, गठ्ठाघर, शंखधर चोक, राधेराधे, सृजनानगर, सल्लाघारीहुदै सूर्यविनायकसम्म अभियन्ताले गरेका कामको अवलोकन समेत गरेका थिए । सो अवसरमा अभियन्ताहरुले चोकचोकमा उनलाई ऐक्यवद्धताका लागि स्वागत र आभार प्रकट गरेका थिए ।

    अभियन्तासँगै सडक बढारेर सफाई अभियानमा पूर्वप्रधानमन्त्री ओलीले अभियन्ताहरुलाई हौसला प्रदान गरेका राष्ट्रका लागि दुई घण्टा अभियानका उपाध्यक्ष नरेश रन्जितले बताए । वातावरण दिवसको दिन अरनिको राजमार्गको दायाँ बायाँ रोपिएका बिरुवाको संरक्षण र सडकमा भएको फोहोरको व्यवस्थापन गरिएको अभियानका अध्यक्ष मधु ढुंगेलले बताएका छन् ।

    कार्यक्रममा पूर्व प्रधानमन्त्री ओली संगै उनकी पत्नी राधिका शाक्य ओलीको समेत सहभागिता रहेको थियो । सो अवसरमा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, उपप्रमुख सरिता तिम्सिना, मध्यपुर थिमीका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायणका उपप्रमुख रमेश बूढाथोकी, जिल्ला समन्वय समितिकी उपप्रमुख, जिल्ला प्रशासन कार्यालयकी प्रमुख रोशानीकुमारी श्रेष्ठ, विभिन्न संघ संस्थामा आबद्ध प्रतिनिधि, महिला समुह, विद्यालय, कलेजका विद्यार्थी, स्थानीय तथा राजनीतिक व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...