News Portal

  • ईप्सन भक्तपुरको हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम

    भक्तपुरपोस्ट संवाददातासूर्यविनायक, १ असार २०८१
    २०७ पटक
    सूर्यविनायक, १ असार २०८१

    ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कूलको आयोजनामा सम्पन्न अङ्ग्रेजी हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम, ईडेन गार्डेन स्कूल द्धितीय, ग्लोबल एकेडेमी तृतीय र सेन्ट जोन्स स्कूलले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

    भक्तपुरका ११ वटा विद्यालयको सामुहिक समूह एडिफाई प्राइभेट स्कूल अर्गनाइजेशन नेपाल (ईप्सन) ले सदस्य विद्यालयको विकास र विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि विविध कार्यक्रम गर्नेक्रममा अङ्ग्रेजी हिज्जे प्रतियोगिता गरिएको आयोजक विद्यालय मदरल्याण्डका प्रिन्सिपल संजय खड्काले बताए । ईप्सन भक्तपुरमा क्वालिटी, सूर्योदय सेकेन्डरी, मदरल्याण्ड, हिमाल,  ग्लोबल, पारिजात विद्याकुन्ज, सेन्ट जोन्स, ईडेन गार्डेन, यूनिटी, विमल मेमोरियल विद्यापीठ र नगरकोट सनराइज स्कूल रहेका उनले बताएका छन्  ।

    निस्पक्षतामा केन्द्रीत रही हिज्जे प्रतियोगितामा आयोजक मदरल्याण्ड स्कूलले भने सहभागिता जनाएको थिएन । प्रतियोगितामा ९ वटा स्कूलका कक्षा ६ देखि ८ का विद्यार्थीहरुको समूहले प्रतिष्पर्धा गरेका थिए । कार्यक्रम डोलेश्वर भिलेज रिसोर्ट सुनपा ८ सिपाडोलको हलमा सम्पन्न भएको थियो ।

    कार्यक्रममा ईप्सनका सचिव विजय कर्माचार्यले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा थप हौसला प्रदान गरेको बताए ।  त्यसैगरी ईप्सन भक्तपुर अध्यक्ष जिबी खड्काले मदरल्याण्ड स्कुलले निकै नै व्यवस्थित र अनुसरणीय कार्यक्रम गर्न सफल भएकोमा शुभेच्छा व्यक्त गर्दै विद्यार्थीहरुको सफलता नै ईप्सनको सफलता भएको बताए ।

    समापन कार्यक्रममा सबै सहभागी विद्यार्थीहरुलाई प्रमाण पत्र, विजेता विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।  मदरल्याण्डको कार्यकारी संचालक शर्मिला देउजाले ईप्सनका सबै पदाधिकारीहरुलाई मायाको चिनो पनि प्रदान गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...