News Portal

  • दधिकोटबाट दिनदहाडै २ करोड लुट्ने प्रहरी हवल्दारसहित ४ पक्राउ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ असार २०८१
    ४१० पटक
    भक्तपुर, ११ असार २०८१

    नक्कली सीआईबी बन्दै भक्तपुरको सूर्यविनायक-४ दधिकोटका एक ब्यक्तिको घरमा पसेर करिब २ करोड रुपैयाँ लुटपाट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा प्रहरीका हवल्दार कृष्ण बहादुर बोहरासहित सुजन रसाइली, भीमबहादुर तामाङ र मुनाराज राई रहेका छन् । प्रहरी हबल्दार बोहरा र तामाङ सिन्धुपाल्चोक भोटेकोशीका हुन् भने रसाइली सिन्धुपाल्चोक बाह्रबिसेका भएको बताइएको छ ।

    दधिकोटका डिल्लीराज राउतको घरमा एक साता अघि गत मंगलबार लुटपाट भएको थियो । लुटेराहरु नक्कली सिआइबी बनी उनको घरमा पुगेका थिए र २ करोड दराजबाट निकालेर दिनदहाडै फरार भएका थिए ।

    भक्तपुर प्रहरी र अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । पीडित राउतका मामा कुल बहादुर खत्रीकै योजनामा लुटपाट भएको प्रहरीको भनाइ छ । खत्री भने फरार रहेका छन् । उनको खोजी भैरहेको प्रहरीको भनाइ छ ।

    भान्जाको घरमा ठूलो पैसा भएको कुरा थाहा पाएका मामाकै योजनामा लुटपाट भएको देखिन्छ ।’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले भने ।

    करिब ३५ वर्षिय राउतले यति ठुलो रकम घरको दराजमा राख्नुको कारण भने थाहा हुन सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...