News Portal

  • याकामीको अध्यक्षतामा भक्तपुर मुद्रण उद्योग सङ्घ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ असार २०८१
    २२२ पटक
    भक्तपुर, ११ असार २०८१

    भक्तपुर मुद्रण उद्योग सङ्घको अध्यक्षमा विधान याकामी  निर्वाचित भएका छन् । भक्तपुरलाई कार्यक्षेत्र बनाएका मुद्रण व्यवसायीहरूको छाता संघठन भक्तपुर मुद्रण उद्योग सङ्घले याकामीको अध्यक्षता ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

    कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी भक्त श्रेष्ठ, सचिवमा निकेश वैद्य, सह सचिव बलराम प्रजापति, कोषाध्यक्षमा शिरीष सुवाल निर्वाचित भएका छन् भने सदस्यहरूमा राधेश्याम प्रजापति , रञ्जन प्रधान, नवीन फोजु र हरे राम श्रेष्ठ निर्वाचित भएका नवनिर्वाचित कोषाध्यक्ष शिरीष सुवालले जानकारी दिए ।

    नेपाल मुद्रण उद्योग महासङ्घका अध्यक्ष विष्णु तिवारीको प्रमुख आतिथ्ययता र विश्वराम दुवालको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनको उद्घाटन सत्रमा नेपाल मुद्रण उद्योग महासङ्घका वरिष्ठ अध्यक्ष गोपाल ढकाल, नेपाल मुद्रण उद्योग महासङ्घका प्रथम उपाध्यक्ष राजकुमार घिमिरे, भक्तपुर उद्योग वाणिज्य सङ्घकी अध्यक्ष रोशनी मैया द्यौवन्जार, काठमाडौँ मुद्रण उद्योग सङ्घका अध्यक्ष धननारायण श्रेष्ठ, ललितपुर मुद्रण उद्योग सङ्घका अध्यक्ष विष्णु हरी महर्जन, काभ्रे मुद्रण उद्योग सङ्घका अध्यक्ष खडकवहादुर राउत, काठमाडौँ मुद्रण उद्योग महासङ्घका पूर्व अध्यक्ष माधव केसी लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...