भक्तपुर मुद्रण उद्योग सङ्घको अध्यक्षमा विधान याकामी निर्वाचित भएका छन् । भक्तपुरलाई कार्यक्षेत्र बनाएका मुद्रण व्यवसायीहरूको छाता संघठन भक्तपुर मुद्रण उद्योग सङ्घले याकामीको अध्यक्षता ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी भक्त श्रेष्ठ, सचिवमा निकेश वैद्य, सह सचिव बलराम प्रजापति, कोषाध्यक्षमा शिरीष सुवाल निर्वाचित भएका छन् भने सदस्यहरूमा राधेश्याम प्रजापति , रञ्जन प्रधान, नवीन फोजु र हरे राम श्रेष्ठ निर्वाचित भएका नवनिर्वाचित कोषाध्यक्ष शिरीष सुवालले जानकारी दिए ।
नेपाल मुद्रण उद्योग महासङ्घका अध्यक्ष विष्णु तिवारीको प्रमुख आतिथ्ययता र विश्वराम दुवालको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनको उद्घाटन सत्रमा नेपाल मुद्रण उद्योग महासङ्घका वरिष्ठ अध्यक्ष गोपाल ढकाल, नेपाल मुद्रण उद्योग महासङ्घका प्रथम उपाध्यक्ष राजकुमार घिमिरे, भक्तपुर उद्योग वाणिज्य सङ्घकी अध्यक्ष रोशनी मैया द्यौवन्जार, काठमाडौँ मुद्रण उद्योग सङ्घका अध्यक्ष धननारायण श्रेष्ठ, ललितपुर मुद्रण उद्योग सङ्घका अध्यक्ष विष्णु हरी महर्जन, काभ्रे मुद्रण उद्योग सङ्घका अध्यक्ष खडकवहादुर राउत, काठमाडौँ मुद्रण उद्योग महासङ्घका पूर्व अध्यक्ष माधव केसी लगायतको उपस्थिति रहेको थियो ।