News Portal

  • भक्तपुरका सामाजिक अभियन्ता सुवाल र काफ्लेलाई मानार्थ विद्यावारिधि

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १९ ासार २०८१
    ८०५ पटक
    भक्तपुर, १९ ासार २०८१

    भक्तपुरमा रही विभिन्न सामाजिक अभियानमा सक्रिय अभियन्ता बालमुकुन्द सुवाल र नवराज काफ्ले ‘मानार्थ विद्यावारिधि’ बाट सम्मानित भएका छन् । भारतको नयाँ दिल्ली ठेगाना रहेको सुकरात सामाजिक अनुसन्धान विश्वविद्यालय(सोक्रेट्स सोसियल रिसर्च युनिभर्सिटी) ले सुवाल र काफ्लेलाई मानार्थ विद्यावारिधि र इन्टरनेसनल गौरव अवार्ड प्रदान गरेको हो ।

    भक्तपुर नगरका सुवाल योग, पत्रकारिता र सहकारी मार्फत सामाजिक सेवामा सक्रिय रहेका छन् । उनी पातन्जल योग समिति नेपाल, नेपाल पत्रकार महासंघ भक्तपुर, नेपाल रेडक्रस सोसाइटी भक्तपुर र शुभकामना बचत तथा ऋण सहकारी संस्था लगायत दर्जनौं सामाजिक संघसस्थासंग आवद्ध छन् ।

    त्यसैगरी चाँगुनारायण-२ दुवाकोट निवासी अभियन्ता काफ्ले राष्ट्रको लागि दुई घण्टा अभियान, पातन्जल योग, स्वच्छ बायु प्रवर्धन, सडक मानवमुक्त अभियान लगायत दर्जनौं अभियानमा रातदिन सक्रियतापूर्वक लागिरहने अभियन्ता हुन् । सामाजिक काममा सहभागी हुन उनलाई एक सूचना नै पर्याप्त हुन्छ । हरेक सामाजिक काममा सकेसम्म सहभागी हुने र सक्रियता देखाउने उनको स्वभाव सबैमाझ परिचित छ ।

    सोक्रेट्स सोसियल रिसर्च युनिभर्सिटीले आफूहरुको सामाजिक कामको कदर स्वरुप मानार्थ विद्यावारिधि र इन्टरनेसनल गौरव अवार्ड प्रदान गरेको उनीहरुले सामाजिक संजालमार्फत जानकारी गराएका छन् । दिल्लीमा आयोजित एक समारोहका बीच उनीहरुलाई सो अवार्ड प्रदान गरिएको युनिभर्सिटीले पनि पुष्टि गरेको छ ।

    यद्यपी, सोक्रेट्स सोसियल रिसर्च युनिभर्सिटीले नेपालमै अवार्ड वितरण कार्यक्रम गर्ने भनिएपनि अनुमति लिन नसक्दा त्यो संभव भएन । काठमाडौंको पर्यटन बोर्डस्थित सभाहलमा ‘मानार्थ पिएचडी’ बाड्ने कार्यक्रमको प्रचार गरिएको थियो । शिक्षा मन्त्रालयबाट कार्यक्रम गर्न कुनै अनुमति नदिएको भन्दै मन्त्री सुमना श्रेष्ठले सो कार्यक्रम रोक्न निर्देशन दिएकी थिइन् । त्यसपछि आयोजकले नेपालीलाई दिल्ली नै पुर्याएर अवार्ड प्रदान गरेको हो ।

    सोक्रेट्स सोसल रिसर्च युनिभर्सिटीको वेबसाइट हेर्दा सो विश्वविद्यालय एथेन्सका दार्शनिक सुकरात र भारतका स्वामी विवेकानन्दको प्रेरणा पथ पछ्याउदै स्थापना भएको भनिएको छ । यो दिल्लीको राष्ट्रिय राजधानी क्षेत्र सरकार(जिएनसिटी)को भारतीय ट्रस्ट ऐन अन्तर्गत दर्ता भएको उल्लेख छ । त्यसैगरी यो नीति आयोग, आयकर विभाग, साना तथा मझौला उद्योग मन्त्रालयमा पनि दर्ता भएको बताइएको छ ।

    मानार्थ विद्यावारिधि र इन्टरनेसनल गौरव अवार्ड कुनै शैक्षिक डिग्री नभई सम्मानको डिग्री भएको युनिभर्सिटीले स्पष्ट पारेको छ । २० वर्ष समाजसेवाको योग्यताको प्रमाणको आधारमा सो सम्मानको डिग्रीको व्यवस्था गरिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...