News Portal

  • ‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी’ अभियानको दोश्रो चरण शुक्रवारबाट शुरु हुँने

    भक्तपुर पोष्ट संवाददाता चाँगुनारायण , २० ासार २०८१
    ७६० पटक
    चाँगुनारायण , २० ासार २०८१

    पर्यावरण, स्वास्थ्य, उत्पादन र आयआर्जनको दृष्टिले बहुगुणी फल एभोकाडोलाई चाँगुनारायण नगरपालिकाका प्रत्येक घरमा रोप्ने र फलाउने अभियान ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियानको दोश्रो चरणको कार्यक्रम शुरु हुने भएको छ । चाँगुनारायणमा गत वर्ष निकै लोकप्रिय रहेको यो अभियान यस वर्ष शुक्रवारबाट शुरु हुने भएको हो ।

    दोश्रो चरणको अभियान चाँगुनारायण-७ मझुवाबाट शुरु गर्ने कार्यक्रम रहेको अभियानका संयोजक नरेश खड्काले जानकारी गराएका छन् । बिहान ७ बजेदेखि ८ बजेसम्म विशेष कार्यक्रमका बीच एभोकाड़ो वितरण गरिने उनले जानकारी गराए ।

    प्रमुख संरक्षक डिपी ढकालको प्रमुख आतिथ्यतामा बुधवार बसेको ‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान’ समितिको बैठकले शुक्रबारबाट यो वर्षको अभियान शुरु गर्ने निर्णय गरेको अभियन्ता दिनेश खनालले जानकारी दिए । सो बैठकमा प्रत्येक वडामा अभियान अन्तर्गत बिरुवा बाड्ने तालिका समेत बनेको अभियन्ता खनालले बताएका छन् ।

    जसअनुसार शुक्रवार चाँगुनारायण नगरपालिका ७, मझुवा र शनिवार चाँगुनारायण नगरपालिका- २ दुवाकोटमा कार्यक्रम हुने छन् । त्यसैगरी असार २४ गते चाँगुनारायण- १ चाँगु स्कुल चौर, २६ गते चाँगुनारायण-४ न्याचोपौवा, २८ गते चाँगुनारायण- ३ झौखेल र २९ गते चाँगुनारायण-८ सुडालमा अभियानले काम गर्ने उनले बताए ।

    ३ वर्षभित्र चाँगुनारायणका १७ हजार घरमा कम्तिमा २ बोट एभोकाड़ो रोप्ने र फलाउने उदेश्य राखिएको चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान गत वर्ष देखि शुरु भएको हो । ३१ असार २०८० बाट शुरु भएको अभियानले गत वर्ष चाँगुनारायणको सबै वडामा बिरुवा पुर्याएको र ती बिरुवा सन्तोषजनक किसिमले सप्रिरहेका अर्का अभियन्ता रामकुमार तामाङ्गले बताएका छन् । गत वर्ष ७ हजार बढी बिरुवा रोप्ने कार्य सम्पन्न गरिएको अभियन्ता मदन श्रेष्ठले बताए । यो वर्षको अभियानका लागि ३ हजार ३ सय बिरुवा ल्याइसकिएको उनको भनाइ छ ।

    यस अभियानका परिकल्पनाकार भने बौद्धिक व्यक्तित्व डिपी ढकाल हुन् । उनी अभियानको मुख्य संरक्षक रहेका छन् । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका ढकाल यस क्षेत्रका भरपर्दा नेता पनि मानिन्छन ।

    यस अभियानमा सयौं अभियन्ता स्वत:स्फूर्त जोडिएका र हजारौ परिवार सामेल भएकाले गर्दा नेता ढकाल अभियानप्रति उत्साहित देखिन्छन । गत वर्ष झैं यो वर्ष पनि अभियान उत्सवकै रुपमा सम्पन्न हुने उनले बिश्वास व्यक्त गरेका छन् ।

    चाँगुनारायणका सबै घरमा दुई बोट एभोकाड़ो रोप्ने र फलाउने उदेश्यले कम्तिमा ३ वर्षसम्म संचालन हुने यस अभियान अन्तर्गत यो वर्ष पनि प्रत्येक वडामा पुग्ने र करिब ७ हजार बिरुवा रोप्ने अभियानले लक्ष लिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...