News Portal

  • आस्था महिला विद्यालयमा २ सय ४० जनाको नि:शुल्क स्वास्थ्य जाँच, ३८ जनाले गरे रक्तदान

    भक्तपुर पोष्ट संवाददाता मध्यपुर थिमि, २१ असार २०८१
    १३७ पटक
    मध्यपुर थिमि, २१ असार २०८१

    भक्तपुरको मध्यपुर थिमि-३ स्थित आस्था महिला बैकल्पिक विद्यालयको आयोजनामा गरिएको स्वास्थ्य शिविरमा २ सय ४० जनाको नि:शुल्क स्वास्थ्य जाँच गरिएको छ भने सो अवसरमा ३८ जनाले रक्तदान गरेका छन् ।

    शुक्रवार विद्यालय प्राङ्गणमा सम्पन्न स्वास्थ्य शिविरमा २ सय ४० जनाले नि:शुल्क स्वास्थ्य परीक्षण गराएका र ३८ जनाले रक्तदान गरेका विद्यालय व्यवस्थापन समितिका सदस्य एवं युवा समाजसेवी नरेश रन्जितले जनाएका हुन् ।

    नागरिक कम्युनिटी टिचिंग अस्पताल गठ्ठाघरको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । सो अवसरमा सेवाग्राहीलाई पाठेघरको मुखको क्यान्सरको चेकजाँच, स्त्री रोग सम्बन्धी चेकजाँच, उपचार र परामर्स प्रदान गरिएको नागरिक कम्युनिटी टिचिंग अस्पताल गठ्ठाघरका उपनिर्देशक अशोक राईले बताएका छन् । शिविरमा आखाँ रोग, मधुमेह लगायतको परीक्षण समेत गरिएको थियो । शिविरमा राष्ट्रका लागि दुई घण्टा अभियान, लायन्स क्लब अफ भक्तपुर नागरिक र भक्तपुर निलकंठेश्वरको समेत सहकार्य रहेको थियो ।

    स्वस्थ जीवनका लागि स्वास्थ्य परीक्षण अत्यावश्यक भएकोले विद्यालयले स्वास्थ्य शिविर संचालन गरेको विद्यालयकी प्रधानाध्यापक विना देउजाले बताइन । रक्तदान जीवनदान भएकोले यसलाई महत्व दिएर विद्यालयले रक्तदान कार्यक्रम पनि गरेको उनको भनाइ छ ।

    शिविर उद्घाटन गर्दै प्रमुख अतिथि रहेका मध्यपुर थिमि नगरपालिकाका प्रवक्ता, वडा नम्बर ३ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरि आचार्यले शिक्षा र स्वास्थ्यलाई स्थानीय सरकारले महत्वका साथ् अघि बढाइरहेको बताए । आस्था महिला विद्यालयले शिक्षाको अवसरबाट बन्चित महिलालाई शिक्षाको अवसर जुटइदिने गरेको बताउदै उनले यस विद्यालयको भौतिक विकासमा साथ् दिने प्रतिवद्धता प्रकट गरे । मनोहरा करिडोरमा विद्यालयका लागि जग्गा उपलब्ध गराउने र भवन बनाउन सहयोग गर्ने समेत उनले आश्वासन दिएका छन् ।

    शिविरमा नेकपा (एमाले)का जिल्ला अध्यक्ष बचन देउजा, विद्यालय पूर्व अध्यक्ष एवं सूर्यविनायक नगरपालिकाकी पूर्व उपप्रमुख जुना बस्नेत, मध्यपुर थिमिकी पूर्व उपप्रमुख अञ्जना देवी मधिकर्मी त्यसैगरी नागरिक अस्पतालका संचालक श्रीभक्त कासिछ्वा, राष्ट्रका लागि दुई घण्टा अभियानका अध्यक्ष मधु ढुंगेल, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति लगायतको आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...