News Portal

  • ओली निवास बालकोटमा सुरक्षा प्रमुख रहेका थापाको रहस्यमय मृत्युु

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २२ असार २०८१
    ३२१ पटक
    भक्तपुर, २२ असार २०८१

    पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा सुरक्षा प्रमुख रहेका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक उमेश थापाको ज्यान गएको छ । गुण्डुस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा अचेत फेला परेका उनको ज्यान गएको हो ।

    गएराती सकुशल सुतेका ४२ वर्षीय थापालाई बिहान ५: ३० बजे अचेत अवस्थामा फेला पारी ६:३० बजेको समयमा परिवारले भक्तपुर अस्पताल ल्याएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी रहेका डिएसपी राजन कार्कीले जानकारी दिएका छन् ।  करिब पौने ७ बजे नै सम्बन्धीत चिकित्सकले थापाको ज्यान गएको पुष्टि  गरेका उनले बताए ।

    घटनाको प्रारम्भिक अनुसन्धानमा ह्दयघात देखिएको र थप अनुसन्धान भैरहेको जगाती प्रहरी बृत्तकी प्रमुख डिएसपी दिप्ती कार्कीले जनाएकी छन् । “शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल काठमाडौ पुर्याइएको छ, त्यसको रिपोर्ट आएपछि थप थाहा हुन्छ ।” डिएसपी कार्कीले भनिन् ।

    मृतक थापाकी श्रीमती पनि प्रहरी सेवामै वरिष्ठ सहायक प्रहरी निरीक्षक रहेकी छन् । उनका बुबा आमा र १ छोरा छन् ।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...