News Portal

  • गुण्डुमा स्कुटी जुध्दा गयो युवकको ज्यान

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २६ ासार २०८१
    ३१५ पटक
    भक्तपुर, २६ ासार २०८१

    भक्तपुरमा दुई वटा स्कुटी ठक्कर खाई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–७ गुण्डु तिनधारे नजिक मंगलवार बिहान दुई वटा स्कुटी ठक्कर खाँदा दुर्घटना भएको हो ।

    सुवर्णेश्वरबाट काठमाण्डौ वल्र्ड स्कुलतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२२ प. १७४८ नं. को स्कुटी र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०१७ प. ५०१२ नं. को स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ एक जनाको ज्यान गएको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी राजन कार्कीले जनाएका छन् ।

    ज्यान गुमाउनेमा बागमती प्रदेश ०२–०२२ प. १७४८ नं. को स्कुटी चालक जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका–५ कटुन्जे बस्ने २२ वर्षिय राजाराम थापा मगर भएका प्रहरीको भनाइ छ । दुर्घटनामा गम्भिर घाईते भएका थापा मगरलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । त्यही उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजन कार्कीले जानकारी दिए ।

    दुर्घटनामा घाईते अर्को स्कुटी चालक सूर्यविनायक नगरपालिका–७ गुण्डु मगर गाँउ बस्ने ४९ वर्षिया पार्वती नगरकोटीको मध्यपुर अस्पताल थिमिमा उपचार भइरहेको बताइएको छ । दुईवटै स्कुटी प्रहरी वृत्त जगातीमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...