News Portal

  • सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइटमा यौनजन्य औषधीको प्रचार

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २६ असार २०८१
    २०० पटक
    भक्तपुर, २६ असार २०८१

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइटमा यौनजन्य औषधीको प्रचार गरिएको छ ।

    वेबसाइटमा उपयोगी लिंक भन्दै यौनवर्द्धक औषधी बारे जानकारी गराइनुका साथै अर्डरका लागि लिंक समेत उपलब्ध गराइएको छ ।

    वेबसाइट प्रयोगकर्ताले केन्द्रले यो हदसम्मको लापरवाही प्रदर्शन गर्नु लज्जास्पद भएको गुनासो गरेका छन् ।

    प्राय: शिक्षक, विद्यार्थी, अभिभावक र शिक्षा संग सरोकार राख्नेहरुले खोजि गर्ने महत्वपूर्ण वेबसाइटमा खुलेआम प्रतिबन्धित यौनजन्य औषधीको अर्डर लिंक भएको केन्द्रलाई थाहा नहुने भन्ने कुरा पत्याउन नसकिने वेबसाइट प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन् ।

    शिक्षाकै एक प्रमुख केन्द्रको वेबसाइमा ह्याक भएको भन्ने छुट नहुने वेबसाइट प्रयोगकर्ता रहेका एक शिक्षकले जिकिर गरे । ”ह्याक भएको हो भने पनि त्यसलाई केही मिनेटमै हटाउन सक्नुपर्छ ।” उनले भने ।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...