News Portal

  • सांसद दुर्लभ थापालाई मातृशोक

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २७ असार २०८१
    ३७९ पटक
    भक्तपुर, २७ असार २०८१

    नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति एवं भक्तपुर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापालाई मातृशोक परेको छ ।

    उनका ममतामयी माता अम्बिका थापाको बिहीवार बिहान निधन भएको हाे । ८० वर्षीया अम्बिका स्वासप्रश्वास सम्बन्धी रोगबाट ग्रसित थिइन । मध्यपुर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको बताइएको छ ।

    उनको पार्थिव शरीरलाई अन्तिम सस्कारका लागि पशुपति स्थित आर्यघाट पुर्याइएको पारिवारिक श्रोतले जनाएको छ ।

    दिवंगत अम्बिकाका ३ छोरा र १ छोरी छन् । सांसद थापा उनको माहिला छोरा हुन् भने जेठो छोरा दुर्दम थापा सल्लाघारीस्थित एक इञ्जिनियरिङ्ग वर्कशपका संचालक र कान्छा छोरा प्रकाश थापा सिनामंगलस्थित नासा कलेजका सस्थापक अध्यक्ष रहेका छन् । ३ छोरा र छोरी शकुन्तला सबै नै सूर्यविनायक-५ सल्लाघारी निवासी हुन् ।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...