News Portal

  • खेलकुद विकास समिति काभ्रेकाे अध्यक्षमा वाइबा, खेल क्षेत्रलाई थप उचाईमा लैजाने प्रतिवद्धता

    भक्तपुर पोष्ट संवाददाता बनेपा, २७ असार २०८१
    १६२ पटक
    बनेपा, २७ असार २०८१

    जिल्ला खेलकुद विकास समिति काभ्रेको अध्यक्षमा नियुक्त मानविर वाइबाले पदभार ग्रहण गरेका छन । बिहिवार बिहान बनेपा-६ बुडोलस्थित जिल्ला खेलकुद विकास समिति काभ्रेको कार्यालयमा अध्यक्ष वाइबाले पदभार ग्रहण गरेका हुन । यो उनको तेस्रो कार्यकाल हो ।

    पदभार ग्रहण गर्दै अध्यक्ष वाइबाले आगामी दिनमा काभ्रेको खेल क्षेत्रमा गर्न बाकी कामहरु पूरा गर्ने बताए । ”यो मेरो तेस्रो कार्यकाल हो, बाकी रहेको अधुरा कामहरू पूरा गर्न प्रतिवद्ध छु ।” वाइबाले भने । तेस्रो कार्यकालमा जिल्लाको खेलकुद क्षेत्रलाई थप उचाईमा लाने जिम्मेवारी पूरा गर्ने उनले प्रतिवद्धता प्रकट गरेका हुन् ।

    बिगतमा खेलकुद महोत्सव, राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, खेलकुद विकास समितिको भवन, खेलमैदान, प्रशिक्षकहरुको उत्पादन लगायतका कार्यहरु गरिएकाे र अझै थप कार्यहरुमा जोड दिने वाइबाले बताएका छन् ।

    वाइबाले पुन: काभ्रे जिल्लाको खेल क्षेत्रमा थप कार्य गर्न जिम्मा दिएकाे भन्दै बागमती प्रदेश सरकारका पूर्व खेलकुद मन्त्री रत्न प्रसाद ढकाल, बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सूर्य भण्डारी लगायत सबैमा धन्यवाद ज्ञापन पनि गरे ।

    कार्यक्रम जिल्ला खेलकुद विकास समिति काभ्रेका पूर्व अध्यक्ष समेत रहेका बनेपा नगरपालिका वडा न ६ का वडा अध्यक्ष सचितान्द केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा वडा अध्यक्ष केसीले काभ्रेको खेल क्षेत्रमा सम्भावना खोजेर अघि बढ्न अनुरोध गरे । बधाई तथा कार्यकाल सफलताको शुभकामना दिदै उनले मानविर वाइबाले खेल क्षेत्रका सबै खेलाडीहरुले सदैव सम्झिन सक्ने काम गरेर देखाउनपर्नेमा जाेड दिए ।

    कार्यक्रममा जिल्ला खेलकुद विकास समिति काभ्रेका कार्यालय प्रमुख बलराम शर्मा, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, पत्रकारहरु पेमा लामा, मनकाजी सुवाल, आईटिएफका किशोर बरुण, फुलकन्ट्याक्ट कराँतेका गोविन्दलाल श्रेष्ठ, कराँते प्रशिक्षक ओमप्रकाश नकर्मी, तेक्वान्दो प्रशिक्षक फिरोज शाक्य, राकेश भोक्षिभोया, बक्सिङ्गका बरिष्ठ प्रशिक्षक किरण बहादुर कार्की, उसु प्रशिक्षक नमोराज लामा, विजय सुन्दर सैँजु, तेक्वान्दो प्रशिक्षक रामचन्द्र कर्माचार्य, भिमबहादुर कर्माचार्य, कराँते महासंघका श्याम कुँवर, गौतम मानन्धर, कविरकुमार रञ्जितकार लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...