News Portal

  • हनुमन्ते खोलामा हाम फालेका युवकको उद्धार

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ५ साउन २०८१
    ३६६६ पटक
    hanumanteभक्तपुर, ५ साउन २०८१

    भक्तपुरको हनुमन्ते खोलामा हाम फालेका मानिसको उद्धार गरिएको छ । स्थानीय र प्रहरीले उनको उद्धार गरेका हुन् ।

    भक्तपुर-५ बाराहीस्थानको पुलबाट एक युवक हनुमन्ते खोलामा हाम फालेपछि उनलाई खोलाले बगाएको थियो । भक्तपुर-४ मंगलाछेंका ती २५ वर्षीय युवक मादक पदार्थ सेवन गरेको सुरमा खोलामा हाम फालेका थिए ।

    उनलाई उद्धार गरी करिब साढे ८ बजे भक्तपुर अस्पताल पुर्याइएको थियो । अस्पताल श्रोतले उनको अवस्था खतरामुक्त रहेको जनाएको छ ।

    हनुमन्तेको शीरमा वर्षा हुँदा शनिवार साँझदेखि भक्तपुरमा हनुमन्ते उर्लेको छ । हनुमानघाट, जगाती, च्यामासिंह र सूर्यविनायकको राममन्दिर र बाराहीस्थान आसपासका बस्तीमा पनि बाढी पसेको छ ।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले रातिको समयमा पानीको सतह बढे अझ जोखिम हुनसक्ने भन्दै सबैलाई उच्च सतर्कताका लागि आव्हान गरेकी छन् ।

    (व्यक्तिगत गोपनीयताका लागि युवकको नाम गोप्य राखिएको छ । : सम्पादक)

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...