News Portal

  • प्रदेशमा भक्तपुरका सांसद थापामगरको मन्त्री पद सुनिश्चित, श्रेष्ठको पनि सम्भावना कायमै

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, ८ साउन २०८१
    ५४८ पटक
    भक्तपुर, ८ साउन २०८१

    भक्तपुर-२ (क) सूर्यविनायक क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य किरण थापामगर र भक्तपुर-१ (क) चाँगुनारायण क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ बागमती प्रदेश सरकारमा मन्त्री बन्ने भएका छन् । सत्तारुढ गठबन्धनमा रहेको नेकपा (एमाले)का तर्फबाट थापामगर र नेपाली कांग्रेसका तर्फबाट श्रेष्ठ मन्त्री बन्ने भएका हुन् ।

    बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज मुख्यमन्त्रीमा दावी पेश गर्दैछन् । सोमबार नै दावी पेश गर्ने योजना भए पनि मन्त्रालयको भागबण्डा र नेकपा एमाले भित्रको आन्तरिक समस्याका कारण कार्यक्रम स्थगित भएको थियो।

    नयाँ सहमति अनुसार बागमती प्रदेशमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाउने भएका छन् । नेकपा एमाले बाट भक्तपुरका सांसद किरण थापामगरकै नेतृत्वमा सरकारमा जाने उच्च सम्भावना रहेको भक्तपुरपोष्ट श्रोतले जनाएको छ । यदि, नेतृत्व पाए भने थापामगर आर्थिक मामिला मन्त्री बन्नेछन् । त्यो पनि कांग्रेसले राखेमा भौतिक पूर्वाधार मन्त्रालय उनले पाउने छन् ।

    त्यसो हुन नसके उनलाई रोजेको मन्त्रालय दिने तयारी रहेको छ । थापामगरले नेतृत्व गर्न नपाए स्वास्थ्य, खानेपानी वा, यातायात मन्त्रीमा चित्त बुझाउन बाध्य हुनुपर्ने भक्तपुरपोष्ट श्रोतले बताएको छ । एमालेले भक्तपुरका किरण थापा मगर, ललितपुरका प्रेमभक्त महर्जन, काठमाडौंका प्रकाश श्रेष्ठ, चितवनका अमन मास्के र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउने बताइएको छ । पार्टी भित्र थापामगर अध्यक्ष केपी ओलीका बिश्वास पात्र हुन् ।

    सत्तारुढ गठबन्धनमा रहेका भक्तपुरका २ सांसद मध्ये एमालेका थापामगरको मन्त्री पद सुनिश्चित रहेपनि कांग्रेसका श्रेष्ठलाई भने समाचार तयार पार्दा सम्म आश्वासन मात्र प्राप्त भएको छ । अघिल्लो पटक सोही क्षेत्रका सांसद कृष्णलाल भडेल भौतिक पूर्वाधार मन्त्री बन्न सफल भएकाले यस पटक श्रेष्ठ पनि उत्साहित नै छन् । तर पार्टीले उनलाई आश्वासन दिएपनि उनको मन्त्री पद सुनिश्चित भैसकेको छैन ।

    संघीय सरकारमा भक्तपुर कांग्रेसका सभापति एवं सांसद दुर्लभ थापालाई मन्त्री पद नदिएको कारण प्रदेशमा श्रेष्ठलाई मन्त्री दिन पार्टी नेतृत्वलाई दबाब परेको श्रोत बताउँछ । भक्तपुर काँग्रेस श्रेष्ठलाई मन्त्री बनाउन लागिपरेकोले उनी मन्त्री बन्ने उच्च सम्भावना रहेको श्रोतको दावी छ । उनलाई सामाजिक विकास मन्त्रालय दिनेगरी छलफल अघि बढेको बताइएको छ । पार्टी भित्र श्रेष्ठ महामन्त्री गगन थापा निकट मानिन्छन ।

    सोही प्यानलका कुन्दनराज काफ्ले पनि ससक्त दावेदार रहेकाले श्रेष्ठलाई मन्त्री बनाउन देउवा पक्षका जिल्ला सभापति दुर्लभ थापाको सक्रियता आवश्यक देखिन्छ । कांग्रेसबाट श्रेष्ठ संगै कुन्दनराज काफ्ले, श्याम बहादुर खड्का, विमल ठकुरी, मीनकृष्ण महर्जन, समिता खड्की, हरिप्रभा खड्की, सुना परियार, उर्मिला नेपाल र विनु रायमाझीलगायत मन्त्रीका आकांक्षी रहेका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...