News Portal

  • बिमान दुर्घटनामा सूर्यविनायक नगर अस्पतालका निर्देशक बर्माको भाइको निधन

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ९ साउन २०८१
    ७१९ पटक
    भक्तपुर, ९ साउन २०८१

    बुधवार बिहान त्रिभुवन बिमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ । १९ जना सवार रहेको बिमानका क्याप्टेन मनिष रत्न शाक्यको भने उपचार भइरहेको छ ।

    नागरिक उड्डयन प्राधिकरणले प्रेस बिज्ञप्तीमार्फत १८ जनाको मृत्यु भएको पुष्टि गरेको हो । मृतकहरु सौर्य एयरलाइन्सकै कर्मचारी रहेका बताइएको छ ।

    सो दुर्घटना परी सूर्यविनायक नगर अस्पतालका निर्देशक प्राडा राकेशकुमार बर्माको भाइको पनि निधन भएको पारिवारिक श्रोतले बताएको छ । उनका भाइ दिलिप बर्माको दुर्घटनामा परी निधन भएको हो । दिलिप सौर्य एयरलाइन्सको क्वालिटी एस्विरेन्स प्रमुख रहेका बताइएको छ ।

    त्यसैगरी को-पाइलट शुसान्त कटवाल व्यवस्थापनकै सागर कुमार आचार्य, अश्विन कुमार निरौला, यज्ञप्रसाद पौडेलले पनि दुर्घटनामा ज्यान गुमाएका छन् । अन्य कर्मचारीमा अमितमान महर्जन, मनुराज शर्मा, सुदिपलाल जोशी, सर्वेश मरासिनी, स्याम विन्दुकर, नवराज आले, राजाराम आचार्य,उद्धव पुरी, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् । कर्मचारी मनुराजकी पत्नी प्रिजा खतिवडा र उनका ४ वर्षीय छोरा अधिराज शर्माले पनि दुर्घटनामा ज्यान गुमाएका छन् ।

    मृत्यु भएको थाहा भएपनि शव चिन्ने अवस्था नभएको र मृतकको आफन्तले दिएको हुलिया, फिंगर प्रिन्ट लगायतका आधारमा पोस्टमार्टम  भैरहेको जानकारी प्राप्त भएको छ ।

    पोस्टमार्टम गर्न भक्तपुर अस्पतालका चिकित्सक समेत खटिएका छन् । त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक पोस्टमार्टम गर्न खटिएका हुन् ।

    भक्तपुर जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक सिडिओ डोरेन्द्रप्रसाद निरौलाले बिमान दुर्घटनामा भक्तपुरका कोहीपनि नपरेका भक्तपुर पोष्टलाई जानकारी गराएका छन् ।

    इन्जिन मर्मतका लागि पोखरा लैजान लागिएको बिमान रनवे्बाट चिप्लिएर बिहान ११:११ बजे विमानस्थलको पूर्वी भागमा बजारिएको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । बिमानका क्याप्टेन मनिष शाक्यको उपचारपछि दुर्घटनाको तथ्य बाहिर आउने बिश्वास गर्न सकिन्छ ।

    सरकारले दुर्घटनाप्रति शोक व्यक्त गर्दै बिहीवार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ भने नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...