भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन ।
बुधबार साँझ ८ः४८ बजे व्यासीबाट कमलविनायक तर्फ जाँदै गरेको बागमती ३ ख. ५०८० नम्बरको यात्रुबाहक बसले देकोचामा ठक्कर दिँदा ज्यान गुमाएका मानिसको शनाखत हुन नसकेको प्रहरीले जनाएको हो ।
अन्दाजी ४०/४५ वर्षका पुरुषको भक्तपुर अस्पतालमा उपचारको क्रममा गए राति नै करिब पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी रहेका डिएसपी राजन कार्कीले जानकारी गराएका छन् । ‘मृतक पुरुषको अहिलेसम्म परिचय खुलेको छैन, थप अनुसन्धान हुँदैछ ।” उनले भने । शवलाई भक्तपुर अस्पतालमै राखिएको छ ।
खुलेन मृतकको पहिचान
ठक्कर दिने बस र बस चालक हेटौडा- १० घर भई हाल भक्तपुर बस्दै आएका वर्ष ४५ का अहमद हुसेनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।