News Portal

  • आयुर्वेद चिकित्सालयका लागि जग्गा खोज्न पहल गर्ने प्रदेश सांसद श्रेष्ठको प्रतिवद्धता

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २३ साउन २०८१
    ४६१ पटक
    भक्तपुर, २३ साउन २०८१

    बागमती प्रदेश सभाका सदस्य एवं नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठ दिवाकरले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरका लागि जग्गा खोज्न सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । स्वास्थ्य उपचारका लागि कमलविनायक स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय पुगेका प्रदेश सांसद श्रेष्ठले सो प्रतिवद्धता प्रकट गरेका हुन् ।

    चिकित्सालय प्रमुख रहेका डा नदन कँडेलले आफ्नै भवन नहुँदा सेवा बिस्तार गर्न समस्या भएको गुनासो गर्दै त्यसका लागि जग्गा व्यवस्थापनमा पहल गरिदिन सांसद श्रेष्ठसंग आग्रह गरेका थिए । ”भवन हामी आफैं बनाउछौं तर, हामीसंग जमिन भएन ।” उनले भने ।

    यसअघि चाँगुनारायण नगरपालिकाको बागेश्वरीमा जग्गा उपलब्ध गराइने भनिएपनि प्रदेश स्वास्थ्य मन्त्रालयले त्यसलाई अस्वीकार गरेको डा कँडेलले अवगत गराए ।

    अधिकत्तम बिरामीको लागि सहज पहुँच नपुग्ने भन्दै बागेश्वरीमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनाउन प्रदेश सरकारले अस्वीकृत गरेको हो । डा कँडेलले जिल्लावासीलाई पायक पर्ने ठाउँमा कम्तिमा ५ रोपनी जग्गा आफूहरुलाई आवश्यक रहेको जानकारी गराए ।

    बागमती प्रदेश सरकारमा स्वास्थ्य मन्त्री समेत भक्तपुरकै रहेकाले  उपयुक्त स्थानमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बन्ने प्रदेश सांसद श्रेष्ठले बिश्वास व्यक्त गरे ।

    आफूले यसका लागि प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवालासंग समन्वय गर्ने सांसद श्रेष्ठले बताए ।

    सो अवसरमा उनले चिकित्सालयको दरवन्दी, भौतिक अवस्था र सेवाबारे जानकारी लिएका थिए भने डा कँडेलले चिकित्सालयको अवलोकन गराएका थिए ।

    डा कँडेलले प्रदेश सांसद श्रेष्ठको स्वास्थ्य जाँच समेत गरेका छन् । उनलाई एक हप्ताको थेरापी र मसाज दिइने डा कँडेलले जानकारी दिए । प्रदेश सांसद श्रेष्ठको दाहिने हातको पाता दुख्ने र चलाउन नमिल्ने समस्या रहेको उनले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...