News Portal

  • भक्तपुरमा आफ्नै स्कूल बसको ठक्करबाट ६ वर्षीया बालिकाको निधन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २५ साउन २०८१
    ४१०९ पटक
    भक्तपुर, २५ साउन २०८१

    भक्तपुरमा आफ्नै स्कूल बसले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कक्षा १ की ६ वर्षीया बालिका कटुन्जे निवासी रियान्सी नेपाल रहेकी छन् ।

    भक्तपुर-१ सल्लाघारी स्थित विद्यालयमा अध्ययनरत रियान्सी शुक्रवार घर फर्कने क्रम्मा सुनपा- ५ तिनधारे पीपलबाेट चाेकमा स्कूल बसबाट ओर्लेकी थिइन् । बाटो काट्ने क्रममा बा २ क ९९११ नम्बरको सो बसले ठक्कर दिई घाइते उनलाई डा. इवामुरा स्मृति अस्पतालमा पुर्याएपनि ज्यान बचाउन नसकिएको आफन्तले जानकारी गराए ।

    बस चालक भक्तपुर जिल्ला भनपा-२ बस्ने वर्ष ५९ को कान्छा देवपाला प्रहरी वृत जगातीको नियन्त्रणमा रहेका छन् । घटना बारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    व्यापक बिरोधपछि दक्षिण कोरियामा गरिएको सैन्य शासन घोषणा फिर्ता

    दक्षिण कोरियामा घोषणा गरिएको सैन्य शासन फिर्ता भएको छ । व्यापक बिरोध पछि राष्ट्रपति युन...

    उपचुनाव परिणाममा माओवादी केन्द्रको पल्ला भारी, काँग्रेस एमाले मिल्दापनि माओवादी बलियो

    मंसिर १६ गते सम्पन्न स्थानीय तहकाे उपनिर्वाचनको परिणाम अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को...

    दक्षिण कोरियामा सैन्य शासन घोषणा

    दक्षिण कोरियामा सैन्य शासन घोषणा गरिएको छ । राष्ट्रपति यून सुक यउलले देशमा मार्शल ल...

    खेलाडीको न्यायका लागि भक्तपुरबाट मेची महाकाली हस्ताक्षर अभियान आरम्भ

    मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका खेलाडीहरुको न्यायको लागि भन्दै भक्तपुरबाट हस्ताक्षर अभियान आरम्भ भएको...

    भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा

    भक्तपुर जिल्लामा अझै १ सय ५१ एचआईभी एड्स संक्रमित रहेका स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ...