News Portal

  • युवा पुस्ता समाजसेवामा भन्दा सामाजिक संजालमा व्यस्त बनेकोप्रति उपप्रमुख श्रेष्ठको चिन्ता

    भक्तपुरपोस्ट संवाददातामध्यपुर थिमि, ३० साउन २०८१
    २७९ पटक
    मध्यपुर थिमि, ३० साउन २०८१

    मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले युवा पुस्ता समाजसेवामा भन्दा सामाजिक संजालमा व्यस्त बनेकोप्रति चिन्ता व्यक्त गरेका छन् । युवा पुस्ताले समस्या मात्र देख्नु सट्टा सम्भावना र समाधान खोज्नुपर्ने एवं सकारात्मक बन्नुपर्ने युवा नेता समेत रहेका उपप्रमुख श्रेष्ठको सुझाव छ ।

    मंगलवार नेपाल रेड्क्रस सोसाइटी मध्यपुर थिमि उपशाखाको २७ औं स्थापना दिवसका अवसरमा बोल्दै उपप्रमुख श्रेष्ठले रेडक्रस जस्ता संस्थाले युवा पुस्तामा मानवीय संवेदना र सेवाभाव जागृत गराई समाजसेवामा लाग्न प्रेरित गर्नुपर्ने प्रष्ट पारेका छन् । राजनीति समाजसेवाकै रुप भएको भन्दै उनले समाज सेवामा जोडिनु जनप्रतिनिधिको पहिलो दायित्व भएको र आफूहरूको जीवन समाजकै लागि सुम्पिएको जिकिर गरे ।

    उपप्रमुख श्रेष्ठले शिक्षा र स्वास्थ्यको लागि यो वर्ष नगरपालिकाले १० करोड ५० लाख बढी बजेट बिनियोजन गरेको समेत बताए । उनले गुणस्तरीय शिक्षा र स्वास्थ्यमा स्थानीयको सहज पहुँच पुर्याउन नगर प्रतिवद्ध रहेको प्रष्ट पारे । नगरवासीले राम्रो शिक्षा र स्वास्थ्यको खोजीमा अन्यत्र भौतारिन नपर्ने उनको भनाइ छ ।

    नगरपालिका अस्पतालमा अङ्ग प्रत्यारोपण सेवा थप्न लागेको खुलासा गर्दै उनले यसलाई नगरको मात्र नभई देशकै गुणस्तरीय अस्पतालको रुपमा बिकास गर्ने दावी गरेका छन् ।

    बिकास निर्माणमा पनि प्रत्येक वडाको आवश्यकताको आधारमा काम भएको भन्दै उनले बाकी कामहरु यो वर्ष र आगामी वर्ष गर्दै जाने जानकारी गराए । सामाजिक विकास बिना अन्य भौतिक विकासको अर्थ नहुने भन्दै उनले गुणस्तरीय जीवनको लागि सामाजिक बिकासमा जोड दिइएको बताए । आफूहरुले निर्वाचनका बेला गरेको चुनावी प्रतिवद्धता अनुरुप काम गरिरहेको उनको जिकिर छ ।

    नेपाल रेड्क्रस सोसाइटीलाई पनि आफ्नै भवन निर्माण गर्न नगरपालिकाले यो वर्ष ३० लाख छुट्याएको उनले जानकारी गराए । त्यस्तै, विपद ब्यवस्थापनमा पनि नगरपालिका दत्तचित्त भएर लागेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...